३० कार्तिक २०८३ सोमबार
image/svg+xml

चुनावमा पार्टीलाई कमजोर बनाउनेलाई कसरी नेता मान्नु : राप्रपा नेता शाही

पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शाहीले पार्टीलाई स्पष्ट नीति, सिद्धान्त र युवा नेतृत्वका साथ अघि बढाउनुपर्ने धारणा राखे।

नेपाली कांग्रेस कोशीको सभापतिमा रायमाझीको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस कोशी प्रदेशको सभापतिमा मोरङका रमेशजङ्ग रायमाझीले उम्मेदवारी घोषणा गरेका छन्।

के हो यमुना नदीमा देखिएको फिँज ?

औद्योगिक फोहोर र ढलका कारण प्रदूषित बनेको नदीमा आइतबार सयौँ हिन्दू भक्तजनले छठ पूजा मनाएका छन्।

इनम सापकोटा प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीमाथि पनि अनुसन्धन हुनुपर्छ: पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विवादित छविका इनम सापकोटामाथि भइरहेको अनुसन्धान पारदर्शी नभएको आरोप लगाउँदै वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीसमेत गिरफ्तार हुनुपर्ने माग गरेका छन्।

संसदीय सङ्घर्ष र चुनावको कार्ययोजनासहित एमालेको राष्ट्रिय भेला मङ्सिर २ देखि

नेकपा (एमाले) ले संसदीय सङ्घर्ष, सरकारमा रहँदाका कामको समीक्षा र आगामी स्थानीय तह निर्वाचनको कार्ययोजनामा केन्द्रित रहेर मङ्सिर २ र ३ गते राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।

चैत ५ गते भित्र स्थानीय तह चुनाव गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव

स्थानीय तह निर्वाचन सम्पन्न गर्न कम्तीमा १२० दिन आवश्यक पर्ने भएकाले आयोगले निर्वाचनको मिति चैत महिनाका लागि प्रस्ताव गरेको हो।

हसिनाको गृहनगरमा १० प्लाटुन सुरक्षा बल परिचालन

निगरानीका लागि ड्रोन र बडी क्यामेरा तथा सम्भावित दङ्गा नियन्त्रणका लागि सशस्त्र सवारीसाधनसमेत तैनाथ गरिएको छ।

दसैंको ‘प्राइम टाइम’ मै चुके तीनवटै सिक्वेल, हालसम्म कति भयो कमाइ ?

दसैंको अवसर पारेर प्रदर्शनमा आएका तीनवटै नयाँ नेपाली चलचित्र बक्स अफिसमा कमजोर साबित भएका छन्। संयोग नै मान्नुपर्छ, दसैंको बिदा लक्षित गरी हलमा भित्रिएका ‘आ बाट आमा २’, ‘१२ गाउँ २’ र ‘छ माया छपक्कै २’ तीनवटै सिक्वेल चलचित्र हुन्। तर, यी तीनै चलचित्रले आ-आफ्ना अघिल्ला शृङ्खलाको तुलनामा आधा व्यापारसमेत गर्न सकेका छैनन्।

खराब कर्जा असुलीमा विशेष ध्यान दिन अर्थमन्त्रीको निर्देशन

नेपाल बैंक लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिएका छन्।

आन्तरिक राजस्व कार्यालय कृष्णनगरले साढे ३ महिनामा उठायो ६७ करोड राजस्व

आन्तरिक राजस्व कार्यालय कृष्णनगरले चालु आर्थिक बर्ष २०८३÷ ०८४ को साढे ३ महिनामा ६७ करोड ४२ लाख ७ हजार राजस्पव संकलन गरेको छ ।

अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी, एक लाख बढीको क्षति

घैलाडुब्बा पशुहाटबाट उत्तरतर्फ रहेको लोक बाह्रकोटीको १८ कट्ठा जग्गामा स्थानीय महबुब आलमले धानको कुन्यूमा गएराति आगजनी गरेका थिए।

एकै महिना ६४ हजार बढीले गरे पाथीभरा दर्शन

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा कात्तिक महिनामा मात्रै ६४ हजार १०६ जना तीर्थयात्रीले दर्शन गरेका छन्।

बुधबार सुरु हुने एमालेको राष्ट्रिय भेलाको तयारी पूरा, ३ हजार ४१४ जना सहभागी हुने

नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलाको तयारी पूरा भएको जनाएको छ।

काल बन्दै तौलिहवा– बहादुरगन्ज सडकखण्ड

दुर्घटना बढेपछि ५ दशक बढीको लामो प्रतीक्षापछि पक्की बनेको कपिलवस्तुको तौलिहवा– बहादुरगन्ज सडकखण्ड काल बन्दै गएको छ।

जय नेपाल पार्टीले संविधान संशोधनका आठबुँदे संकल्प अभियानका रूपमा अघि बढाउने

जय नेपाल पार्टीले संविधान संशोधनका आठबुँदे संकल्प अभियानका रूपमा अघि बढाउने

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्