३० कार्तिक २०८३ सोमबार
image/svg+xml
अर्थ

आन्तरिक राजस्व कार्यालय कृष्णनगरले साढे ३ महिनामा उठायो ६७ करोड राजस्व

आन्तरिक राजस्व कार्यालय कृष्णनगरले चालु आर्थिक बर्ष २०८३/ ०८४ को साढे ३ महिनामा ६७ करोड ४२ लाख ७ हजार राजस्पव संकलन गरेको छ । 

चालु आर्थिक बर्षको साउन देखि कार्तिक १८ गते सम्म सो राजस्व संकलन गरेको हो । चार महिनाकालागि तोकिएको ९८ करोड ६७ लाख ८६ हजार लक्ष्य तोकिएकोमा सो अवधिमा भने लक्ष्यको ६८ दशमलव ३२ प्रतिशत मात्र राजस्व उठेका हो । 

आयकर र अन्य कर मात्र लक्ष्य भन्दा बढी संकलन भएको छ । बाकी अन्य करहरु भने लक्ष्य अनुसार उठन सकेको छैन । साढे ३ महिनामा आयकर २० करोड ६४ लाख ९७ हजार राजस्व संकलन भएको कार्यालयका सुचना अधिकारी पिताम्बर न्यौपानेले बताए । जुन तोकिएको लक्ष्य भन्दा ११ दशमलव ३९ प्रतिशत बढी हो । 

अन्य करमा ३०  लाख २७ हजार संकलन भएको छ । जुन लक्ष्य  भन्दा चार गुना बढी हो । बाहाल कर २२ लाख ८४  हजार ब्याजमा १ करोड ५१ लाख १७  हजार उठेको छ । मुल्य अभिबृद्धि कर आन्तरिक १४ करोड ३५ लाख १३ हजार, अन्त शुल्क आन्तरिक २९ करोड ५५ लाख ५२ हजार, स्वास्थ्य शुल्क ८२ लाख १८ हजार उठेको छ । 

उता साउनदेखि असोजसम्म अन्त शुल्क ६८, आईटिएक्स ३ सय २२, ब्यक्तिगत प्यान १ हजार १३५, भ्याट १ सय ५ र डब्लुपिएन ४ जारी भएका छन । कार्यालये गत आर्थिक बर्ष लक्ष्य ९९ दशमलव १० प्रतिशत अर्थात २ अर्ब ९२ करोड ४६ लाख राजस्व संकलन गरेको थियो । 

सुचना अधिकारी न्यौपानेले आयकर लक्ष्य भन्दा बढी संकलन भए पनि अन्त शूल्क भने लक्ष्य अनुसार उठन नसकेको बताए । कार्यालय प्रमुख कृष्ण प्रसाद न्यौपानेले बिगतको तुलनामा अहिले उपहार कार्यक्रमले बील लिनेको संख्या बढेको बताए । कार्यालयले पालिका र उद्योग ब्यापार संघसंग समन्वय गरी करदातालाई करदाता शिक्षासमेत प्रदान गर्दै आएको उनले बताए ।  

 

प्रकाशित: ३० कार्तिक २०८३ १७:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App