३० कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

एकै महिना ६४ हजार बढीले गरे पाथीभरा दर्शन

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा कात्तिक महिनामा मात्रै ६४ हजार १०६ जना तीर्थयात्रीले दर्शन गरेका छन्।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार चालु आर्थिक वर्षका अन्य महिनाको तुलनामा कात्तिकमा सबैभन्दा धेरै दर्शनार्थी मन्दिर पुगेका हुन्।

शनिबार एकै दिन ११ हजार २७२ जना भक्तजन पाथीभरा पुगेका थिए। उक्त सङ्ख्या पछिल्लो तीन वर्षयताकै एकै दिन मन्दिर दर्शन गर्ने भक्तजनको सबैभन्दा ठुलो सङ्ख्या रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए।

यसैगरी, कात्तिक १७ गते १० हजार ६१६ जना भक्तजनले मन्दिर दर्शन गरेका थिए। यसअघि असोजमा ११ हजार ९३०, भदौमा ६ हजार १२३ र साउनमा २ हजार ४६९ जनाले पाथीभराको दर्शन गरेका थिए।

पाथीभराको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ। यहाँ हरेक वर्ष स्वदेशी तथा विदेशी गरी तीन लाखभन्दा बढी भक्तजन दर्शनका लागि पुग्ने गरेका छन्।

प्रकाशित: ३० कार्तिक २०८३ १७:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App