३० कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी, एक लाख बढीको क्षति

झापाको कनकाई नगरपालिका– ९ घैलाडुब्बामा अज्ञात व्यक्तिले धानको दुई वटा कुन्यूमा आगो लगाउँदा करिब ९० मन धान र पराल पूर्ण रूपमा जलेर नष्ट भएको छ।

घैलाडुब्बा पशुहाटबाट उत्तरतर्फ रहेको लोक बाह्रकोटीको १८ कट्ठा जग्गामा स्थानीय महबुब आलमले धानको कुन्यूमा गएराति आगजनी गरेका थिए।

राति भएको घटनाबारे प्रहरीले आज बिहान मात्रै जानकारी पाएको थियो। घटनास्थलमा प्रहरी टोली पुग्दा दुवै वटा कुन्यू पूर्ण रूपमा जलिसकेका थिए भने आगो निभिसकेको थियो।

आगलागीबाट धान र पराल गरी करिब रु एक लाख ५१ हजारभन्दा बढिको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

उनका अनुसार यससम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ।

प्रकाशित: ३० कार्तिक २०८३ १७:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App