२ मंसिर २०८१ आइतबार
image/svg+xml

सिराहाको चुरे जंगलबाट लागुऔषधसहित एक युवक पक्राउ

उदयपुर र सिराहाको सीमास्थल चुरे जंगलबाट एक युवक लागुऔषधसहित पक्राउ परेका छन्। सिद्धिचरण लोकमार्गको मिर्चया–कटारी सीमास्थल चुरे जंगलबाट डाईलेक्स–डिसी नामक २७ बोतल प्रतिबन्धित लागुऔषधसहित सिराहाको मिर्चया नगरपालिका–६ का ब्रमदेव यादव पक्राउ परेका हुन्।

लागूऔषधसहित भारतका एक जना भक्तपुरबाट पक्राउ

भक्तपुर प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। भारत जिल्ला बेतिया सिक्टा गाँउ वडा नम्बर १० बस्ने वर्ष ४७ को आनन्दराम चमारलाई आइतबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

भागरथीको हत्या गर्ने पक्राउ

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलत्कार गरेर हत्या गर्नेलाई प्रहरी पक्राउ गर्न सफल भएको छ । दुई साता सम्म प्रहरीको टाउको दुःखाई बनेको भागरथीको हत्या गरेको आरोमा सनातन धर्म मा.वि. मा कक्षा ११ मा पढ्ने उनकै गाउँको किशोर पक्राउ परेका छन् ।

सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ

काठमाडौंमा बेवारिसे शव जलाउँदै आएकी सपना रोका मगरलाई अभद्र व्यवहार गरेको आरोपमा विनयजंग बस्नेत पक्राउ परेका छन्।

रामकुमारी झाँक्री पक्राउबारे कुन् नेताले के भने ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएकोप्रति विभिन्न राजनीतिक दलका नेताहरूले आक्रोश व्यक्त गरेका छन्।

रामकुमारी झाँक्रीलाई रिहा गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले नेकपा नेतृ रामकुमारी झाँक्रीको रिहाईको माग गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न आग्रह गरेका छन्।

नेतृ झाँक्रीलाई रिहा नगरे आमहड्ताल गर्ने अनेरास्ववियूको चेतावनी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले नेतृ रामकुमारी झाँक्रीलाई रिहा नगरे आमहड्ताल गर्ने चेतावनी दिएको छ।

दोषी ठहरिए रामकुमारी झाँक्रीलाई ७ वर्षसम्म कैद हुनसक्ने

अदालतबाट दोषी प्रमाणित भए नेतृ झाँक्रीले ७ वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय भोग्नुपर्नेछ।

रामकुमारी झाँक्रीको निवास अगाडि समर्थकको प्रदर्शन

नेकपा दाहाल-नेपाल समूहकी नेता रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि उनको निवास अगाडि नेकपा कार्यकर्ताले प्रदर्शन गरेका छन्।

मुस्ताङमा गोरु काटेको अभियोगमा चार पक्राउ

मुस्ताङमा गोरु काटेको अभियोगमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। थासाङ गाउँपालिका–४ घाँसाका २६ वर्षीय अर्पण श्रेष्ठको घरमा बस्ने, ५३ वर्षीय लालबहादुर श्रेष्ठ, ३७ वर्षीय सनिश श्रेष्ठ तथा पहिरो थाप्ला बस्ने १३ वर्षीय निश्चल विक र ३७ वर्षीय पूर्ण विकलाई गोरु काटेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो।

हिरासतबाट फरार थुनुवा पक्राउ

राति २ बजेतिर हिरासतबाट भागेका तीन जनालाई आइतबार विहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी माधव काफ्लेले जानकारी दिए ।

जव रुसी विपक्षी नेता नाभाल्नी विमानस्थलमै पक्राउ परे…

रुसले विपक्षी नेता अलेक्सी नाभाल्नी तत्काल रिहा गर्नु पर्ने जर्मनीका विदेश मन्त्री हैको माआजले सोमबार आग्रह गरेका छन्। जर्मनीमा उपचारपछि स्वदेश फर्केका नाभाल्नीलाई राजधानी मस्कोको विमानस्थलमा पक्राउ गरिएको विषयमा पश्चिमा देशहरुले रुसको आलोचना गरेपछि विदेश मन्त्रीको सो आग्रह आएको हो।

अर्काको जग्गा बिक्री गरेको आरोपमा कर्मचारी पक्राउ

जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको आरोपमा प्रहरीले जिल्ला मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ।

विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला पक्राउ

नेत्रविक्रम चन्द 'विप्लव' समूहका नेता धर्मेन्द्र बास्तोला पक्राउ परेका छन्। उक्त समूहका पश्चिम कमाण्ड तथा विदेश विभाग प्रमुख बाँस्तो ललितपुरको दुर्गम क्षेत्रबाट पक्राउ परेको प्रहरीका उच्च अधिकारीले पुष्टि गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्