२० वैशाख २०८१ बिहीबार
image/svg+xml

प्रधानन्यायाधीशको राजीनामा माग्दै बारको टोली पुग्यो ओली निवास

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै विरोधमा रहेको नेपाल बार एसोसिएसनको टोली प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेको छ।

प्रधानन्यायाधीश जबरालाई बारकाे जवाफ- संवादमा बस्न सकिँदैन, तत्काल राजीनामा दिनुस्

आन्दोलनरत नेपाल बार एशोशिएशन र सर्वोच्च अदालत नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग संवादमा बस्न नसकिने जवाफ दिएका छन्।

आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन प्रधानन्यायाधीशको आग्रह

उनले सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीले न्यायालयम सुधारका लागि तयार गरेको प्रतिवेदन र सुझाव कार्यान्वयन गर्न आफू प्रतिबद्ध भएको बताएका छन्।

प्रधानन्यायाधीश प्रजातन्त्रलाई समाप्त पार्ने षड्यन्त्रमा लागेः वरिष्ठ अधिवक्ता भण्डारी

सर्वोच्चमा भएको विरोध प्रदर्शनमा बिचौलियाको नाइके राजीनामा दे, भ्रष्टाचारी नाइके राजीनामा दे, नेपाल बार जिन्दावाद, भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे, प्रहरी आतंक बन्द गर, हाम्रो आन्दोलन जारी छ भनि नाराबाजी समेत भएको थियो।

बार एसोसिएसनले भोलि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने

नेपाल बार एसोसिएसनले भोलि(शुक्रबार) प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएको छ।

बार एसोसिएसनद्वारा प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा

बार एसोसिएसनको शुक्रबार बसेको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचार रोक्न नसकेको तथा न्यायपालिकाको स्वच्छता कायम राख्न नसकेको भन्दै प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतको इजलाशमा नबस्न माग गरेको छ।

न्यायालयलाई बढी क्षति हुन नदिन प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छः संविधानविद् आचार्य

संविधानविद् भिमार्जुन आचार्यले न्यायालयलाई बढी क्षति हुन नदिनका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने बताएका छन्।

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छः बार

सोमबार बसेको बारको बैठकले प्रधानन्यायाधीशले आज बैठक बोलाउने भनेपनि नबोलाएको र सर्वोच्च अदालतभित्रका न्यायाधीशहरुले बैठक बहिष्कार गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै प्रधानन्यायाधीश जबराले पदबाट निकास दिनुपर्ने निस्कर्ष निकालेको हो।

न्यायपालिकालाई जोगाउन प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्छः वरिष्ठ अधिवक्ताहरु

‘अहिले न्यायिक जगत जलिरहेको छ। निभाउने मान्छे अपांग भईसकेको छ। त्यसैले प्रधानन्यायाधीश नै प्रमुख व्यक्ति हो। उनले अहिले तुरुन्तै राजीनामा दिएर यो जो जोखिमलाई सुधार्नु पर्दछ। प्रधानन्यायाधीशले अहिले तुरुन्त राजीनामा दिनु र अनि नयाँ विकल्प तत्काल खोज्नुपर्ने हुन्छ।’

दशैँको शुभकामना दिँदै प्रधानन्यायाधीशले भने- शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणाप्रति प्रतिवद्ध छु

विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले विविधताबिचको एकता कायम गरी सामाजिक ऐक्यबद्धता प्रवर्द्धन गर्न चाडपर्वले महत्वपूर्ण भूमिका खेलेको बताए।

मन्त्री भएको तेस्रो दिनमै राजीनामा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री नियुक्त भएको आरोप लागेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले आइतबार पदबाट राजीनामा दिएका छन्। मन्त्री भएको तेस्रो दिनमा हमालले दिएको राजीनामा स्वीकृत भएको छ। उनले शुक्रबार मन्त्री पदको शपथ लिएका थिए।

उद्योगमन्त्री हमालद्वारा राजीनामा दिने घोषणा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने बताएका छन्।

सर्वोच्च बारद्वारा प्रधानन्यायाधीशलाई प्रश्न: मन्त्रीको भागबण्डा माग्नु भएको हो ?

सर्वोच्च अदालत बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेटेर मन्त्रीको भागबण्डाबारे प्रश्न गरेको छ।

‘न्यायपालिका सुधारको थालनी भइसक्यो’

प्रधानन्यायाधीश जबराले अदालतका न्यायिक एवं व्यवस्थापकीय नेतृत्वको समन्वयात्मक, सुझबुझपूर्ण कार्यशैली, व्यवहार, कामकारबाहीबाट न्यायपालिकाको संस्थागत उद्देश्य हासिल हुने न्यायपालिकाको जनआस्था अभिवृद्धिमा सहयोग पुग्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्