६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

सर्वोच्च बारद्वारा प्रधानन्यायाधीशलाई प्रश्न: मन्त्रीको भागबण्डा माग्नु भएको हो ?

सर्वोच्च अदालत बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेटेर मन्त्रीको भागबण्डाबारे प्रश्न गरेको छ। पछिल्लो समय मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीश जबराका लागि पनि कोटा छुट्याउन दलका नेताहरूबीच छलफल भएको समाचार आएपछि बारका पदाधिकारीले सोमबार प्रधानन्यायाधीशलाई भेटेका हुन्।

सर्वोच्च अदालत बारका अध्यक्ष प्राध्यापक पूर्णमान शाक्यको नेतृत्वमा गएको बारको टोलीले प्रधानन्यायाधीश जबरासँग उनी माथि लागेको आरोपबारे प्रश्न गरेका थिए। प्रश्नको जवाफ दिँदै प्रधानन्यायाधीश राणाले आरोपको खण्डन गरेका छन्।  

जवाफमा प्रधानन्यायाधीश राणाले पत्रपत्रिकामा जे पनि आउन सक्ने भन्दै सबै कुरा सत्य नभएको दाबी गरेका छन्। यसबारेमा विज्ञप्ति निकालेर आफूले प्रष्ट पार्ने जवाफ दिएको भेटमा सहभागी एक वकिलले बताए।

प्रकाशित: १८ आश्विन २०७८ ०८:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App