२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बार एसोसिएसनले भोलि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले गरेको आन्दोलन जारी छ। बिहीबार सर्वोच्च अदालत प्राङ्गणमा विरोधको कार्यक्रम गर्दै नेपाल बार एसोसिएसनले भोलि(शुक्रबार) प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएको छ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने बताए। अध्यक्ष श्रेष्ठले बिहान १० बजे प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउनका लागि सर्वोच्च गेटमा उपस्थित हुन कानुन व्यवसायीहरुलाई आग्रह गरे।

उनले न्यायाधीशहरुलाई वेञ्च बहिष्कार गर्न तथा प्रधानन्यायाधीशले तोकेको इजलासमा नबसेर आन्दोलनमा सघाउन पनि आग्रह गरे।

प्रकाशित: २५ कार्तिक २०७८ ०८:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App