३ माघ २०८१ बिहीबार
image/svg+xml

बसले किचेर एक महिलाको मृत्यु

जिल्लाको शितगंगा नगरपालिका  भेडामारेमा श्रीमानले चलाएको  लु ३५ प ८९३ नम्वरको स्कुटीबाट खसेर एक महिलाको मृत्यु भएको छ।

अमेरिकामा गोलीकाण्ड मच्चाउने स्टेफन निकट महिलासँग प्रहरीको बयान

अमेरिकाको लस भेगसमा गोलीकाण्ड मच्चाउने स्टेफन प्याड निकट महिलाले प्रहरीसमक्ष बयान दिएकी छन् । उनले घटनाबारे आफूलाई प्रारम्भिक अनुमान नभएको बताएकी छन् । स्थायीरूपमा फिलिपिन्स बस्दै आएकी उनलाई सोधपुछका लागि अमेरिका बोल्याइएको हो ।

किम जोङ नाम हत्यामा संम्लग्न दुई महिला अदालत पुर्याइयो

उत्तर कोरियाली प्रमुख नेता किम जोङ उनका भाई किम जोङ नामको हत्याकाण्डका अभियुक्तहरुलाई मलेसियाले न्यायिक अनुसन्धानको दायरामा ल्याउने भएको छ । हत्याकाण्डको अनुसन्धान र हत्याराहरुको खोजी गर्ने क्रममा मलेसियाली प्रहरीले पक्राउ गरेका दुईजना महिला इन्डोनेसियाकी सिति आइस्याह र भियतनामकी दोन थि ह्वोङलाई सोमबार क्वालम्पुरस्थित मलेसियाली उच्च अदालतमा पेश गरिएको समाचार आएको छ ।

साउदी अरेबियामा महिलाका लागि ‘ड्राइभिङ स्कुल’ खोलिने

साउदी अरेबियाको एक विश्वविद्यालयले महिला सवारी चालकका लागि सवारी चालनसम्बन्धी स्कुल ‘ड्राइभिङ स्कुल’ खोल्ने जनाएको छ । साउदी अरेबियाको सरकारले महिलालाई सवारी चालन अनुमति पत्र दिँदैनथ्यो । तर हालसालै सो सम्बन्धी अनुमति दिइएको छ ।

जिपबाट खसेर एक महिलाको मृत्यु

जिपबाट खसेर आज दार्चुलामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौगाढ गाउँपालिका–५ की ४१ वर्षीया कलावती ठगुन्ना रहेको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । देथलाबाट शौकेबगर जाँदै गरेको से १ ज ५९७ नम्बरको जिपको ढोका एक्कासी खुल्न गई जिपमा सवार कलावती दिउँसो १ बजेतिर सडकबाट करिब १०० मिटर तल नौगाढ खोलामा खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजनीतिमा पहुँच बढाउँदै दलित महिला

सप्तरीको सुरुंगा नगरपालिकामा नवनिर्वाचित उपमेयर बिन्दाकुमारी पासवान दलित समुदायबाट प्रतिनिधिमूलक अनुहार हुन् । ४५ वर्षीया पासवान नेपाली कांग्रेसको टिकटमा उपमेयरमा निर्वाचित भएकी हुन् । एमाले उम्मेदवार सबिना डोटेल (बाहुन) लाई ३२ मतअन्तरले हराएर चुनाव जितेकी पासवानलाई यो जित कुनै सपनाभन्दा कम लाग्दैन । ‘हामीजस्ता गरिब, दलितका लागि चुनावमा उठ्नु र जित्नु पक्कै पनि कुनै सपनाभन्दा कम हुँदैन’, मंगलबार नागरिकसँग उनले भनिन्, ‘पार्टी र सर्वसाधारण मतदाताको विश्वासले चुनाव जितेजस्तो लाग्छ ।’ उनका पति शिवनारायण सुरुंगा नगरपालिकाको एक वडाका कार्यालय सहयोगी हुन् । सामान्य लेखपढ गर्न जानेकी पासवान २०४८ सालदेखि विभिन्न सामाजिक कार्यमा सक्रिय छिन् । महिला बालबालिकाका हितमा काम गर्ने ‘पारालिगल कमिटी’, गाउँको विवाद गाउँमै मिलाउने उद्देश्यका साथ काम गर्ने ‘मेलमिलाप समिति’, स्थानीय शान्ति समितिलगायत संस्थामा आफू सक्रिय रहेको उनी बताउँछिन् । उनले युनिसेफ ‘डकाउ’ कार्यक्रममा पनि काम गरेकी छिन् ।

महिलामाथि हमलै हमला

दरबारमार्गमा भएको कार्यक्रमको रिपोर्टिङ सकेर रातको साढे नौ बजेतिर कोठामा फर्कंर्दै थिएँ । नक्साल हुँदै जाँदा बढी अँधेरो हुने हुँदा केशरमहल हुँदै लैनचौरतिर जाँदै थिए । रातको समय ट्याक्सीबाहेक अरू नपाइने समस्या छँदै थियो । उत्तरढोका हुँदै म आफ्नो गुँडमा पुग्नु थियो ।

महिला हिंसाविरुद्ध लड्ने राजकुमारी नै बोक्सी आरोपमा कुटिइन्

वीरगन्ज होस वा सुदुर गाउँ–देहात, महिलामाथी अन्याय भएको घट्ना भएको छ भने अरु कोही पुगोस नपुगोस राजकुमारी उपाध्यायले थाहा पाएपछि पीडितको लागि छत्रछाया भएर उभी दिन्छिन् । तर उनी बस्ने वीरगन्ज पानीट्याकीस्थित घरको प्राङ्गणभित्रै रातिको समयमा पसेर छिमेकका केही महिला र पुरुषहरूले बोक्सी भनेर कुटपिट गरेका छन् । अरु महिलाहरू बोक्सी भनेर कुटिदा वा कुनै प्रकारले हिंसामा पर्दा अघि सर्ने महिला अधिकार मञ्च की जिल्ला अध्यक्ष समेत रहेकी ५५ वर्षीया उपाध्याय यतिखेर न्याय पाउन धाइरहेकी छिन् ।

पत्रकारितामा महिलाको आकर्षण बढ्दो

जिल्लामा सञ्चारगृहको वृद्धि भए सँगै पत्रकारीतामा महिलाहरूको आर्कषण बढेको छ । यहाँ रहेको रेडियो मेन्छ्यायेमले सञ्चालन गरेको आधारभूत पत्रकारिता तालिममा ३० जना सहभागी मध्ये २७ जना महिलाहरूको सहभागीता रहेपछि पत्रकारितामा महिलाको आकर्षण बढेको पाइएको हो ।

प्रदेश २ ले पायो पहिलो महिला मेयर

प्रदेश नम्बर २ मा पहिलो महिला मेयरको रुपमा रौतहटको मौलापुर नगरपालिकाकी नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रीनाकुमारी साह निर्वाचित भएकी छिन्।

‘तीन महिला हत्यामा संलग्न दोषी कहाँ छन्?’

खोटाङका तीन महिलाको हत्या भएको महिनौं बित्दा पनि दोषी पत्ता नलागेको भन्दै सांसद पिके राईले आक्रोश पोखेका छन्। दशैँको अवसरमा नेकपा एमालेले बिहिबार पुष्पलाल स्मृति भवनमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा सांसद राईले खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्मा र जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीय देवी बिकको हत्या भएको लामो समयसम्म दोषी पत्ता नलागेको भन्दै प्रशासन र प्रहरीप्रति असन्तुष्टि जनाएका हुन्।

राेहिज्या महिलाहरूमाथि बलात्कार

म्यानमारको रोहिज्या समुदायका कतिपय महिलाहरू देश छोडेर भाग्ने क्रममा बलात्कारको शिकार भएका छन्।

अाेम अस्पतालको लापरवाही, शल्यक्रियापछि महिलाको मृत्यु

राजधानीको ओम अस्पतालमा तीन दिनअघि पिनासको शल्यक्रिया गरिएकी महिलाको मृत्यु भएको छ । बुटवल शंकरनगरकी ३७ वर्षीया अहेव कमला भट्टराईको शल्यक्रिया गरेको चौथो दिन मृत्यु भएको हो। चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले बुधवार दिनभर अस्पताल हातमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले अस्पताल सामान्य तोडफोड गरेका छन् भने प्रदर्शनका कारण अस्पताल दिनभर तनावग्रस्त बन्यो ।

सिस्वामनरा नगरपालिकामा दलित महिला सदस्य निर्विरोध

सिस्वामनरा नगरपालिकाको वडा नं. ८ मा नेपाली काँग्रेसबाट उम्मेदवारी दर्ता गराएका दलित महिला सदस्य संजोगिया देवी निर्विरोध निर्वाचित भएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्