रुपन्देही देवदह प्रकरण : अंगिराको मुद्दामा तीनजनालाई थुनामा राख्न आदेश
रुपन्देही जिल्ला अदालतले देवदहकी १३ वर्षिया बालिका अंगिरा पासीको मुद्धामा पक्राउ परेका तीनै जनालाई थुनामा राख्ने आदेश दिएको छ ।
रुपन्देही जिल्ला अदालतले देवदहकी १३ वर्षिया बालिका अंगिरा पासीको मुद्धामा पक्राउ परेका तीनै जनालाई थुनामा राख्ने आदेश दिएको छ ।
रुपन्देही देवदहकी १३ वर्षिया बालिका अंगिरा पासीको घटनामा रुपन्देही अदालतमा बुधबारदेखि थुनछेक बहस सुरु भएको छ । आरोपित देवदह ११ का २५ वर्षय विरेन्द्र भर, आमा अकाली र ठूलीआमा शितलीको बयान सकिएपछि बुधबारदेखि थुनछेक बहस सुरु भएको हो ।
जिल्लामा कार्यरत प्रहरी निरीक्षक नृपबहादुर बोहरा र बडिकेदार गाउँपालिकामा रहेको केदार सामुदायिक वनका अध्यक्ष चक्रबहादुर साउदविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाका आरोपी विरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको आजीवन कारावास सजायको माग गर्दै मुद्दा दर्ता गरेको हो । सोती घटनामा भएको सामूहिक आक्रमणपछि ६ जना युवाहरुको हत्या भएकाले पीडितको न्यायका लागि आजीवन कारावासको माग गरिएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब १० करोड रुपैयाँ फिर्ता पाउने भएको छ। बैंकले लामो समय पछि तनहुँ हाइड्रोपावरको निर्माणको ठेक्का पाएको इटालियन निर्माण कम्पनी कोपरेटिभ मुराटोरी एण्ड कमेन्टिस्टि (सीएमसी) लाई भुक्तानी गरेको रकम फिर्ता पाउने भएको हो।
२१औं शताब्दीमा पनि देखिएका यस्ता घटनाले नेपाली समाज कतातिर जान खोज्दै छ, गम्भीर प्रश्न खडा गरेको छ।
कतिपय सरकारी निकायले मुद्दासँग सम्बन्धित विवरण, सूचना, कागजात उपलब्ध नगराउँदा ती निकायहरूको प्रतिरक्षा गर्न समस्या भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सांसद डा. सुरेन्द्र यादवको अपहरण सम्बन्धी निवेदन दर्ता गरेको छ।
सत्तारुढ दल नेकपा सांसदहरु महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई अपहरण गरेको भन्दै उनीहरुविरुद्ध उजुरी दिएका हुन् । बिहीबार आयोगको कार्यालय पुगेर यादवले उजुरी दिएका हुन् ।
सरकारी वकिलको कार्यालय काठमाडौंले सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी लिन अस्वीकार गरेको छ। अपहरणको जाहेरी दिन पीडित सांसद डा. सुरेन्द्र यादव जनता समाजवादी पार्टीका नेताहरु सहित सरकारी वकिलको कार्यालय पुगेका थिए।
अपहरणको जाहेरी दिन डा. सुरेन्द्र यादव जनता समाजवादी पार्टीका नेताहरु सहित सरकारी वकिलको कार्यालय पुगेका छन्।
नवलपरासीको रामग्राम नगरपालिकाले राहतमा बाँडेको कुहिएको चामल बिक्री गर्ने व्यापारीविरुद्ध दुई वटा मुद्दा दर्ता भएको छ ।
‘संविधानले तोकेको विषयमा बोल्दा पनि सरकारले आवाज दबाउन खोजेको छ, यो गम्भीर विषय हो।’
महानगरीय प्रहरी परिसर काठमाडौंले सांसद अपहरणसम्वन्धी मुद्दा लिन इन्कार गरेको छ। पीडित सांसद डा. सुरेन्द्र यादव सहित जनता सामाजवादी पार्टीका नेताहरु मुद्दा दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका थिए।
आफ्ना नेता तथा सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै जनता समाजवादी पार्टीका नेताहरु मुद्दा दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका छन्। तर प्रहरीले जाहेरी लिन मानेको छैन। प्रहरीले जाहेरी दिन महोत्तरी जान भएपछि वादविवाद समेत भएको छ।