१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

अपहरणको जाहेरी दिन जसपा नेताहरु सरकारी वकिलको कार्यालयमा

काठमाडौं- अपहरणको जाहेरी दिन डा. सुरेन्द्र यादव जनता समाजवादी पार्टीका नेताहरु सहित सरकारी वकिलको कार्यालय पुगेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दिन उनी सहित जसपा नेताहरु सरकारी वकिलको कार्यालय पुगेका हुन्। यस अघि प्रहरीमा जाहेरी दिन पुगेका नेताहरुलाई प्रहरीले महोत्तरी नै जान भनेको थियो। त्यस पछि उनीहरुले दोस्रो विकल्प खोजेका हुन्।

बस्नेत, श्रेष्ठ र खनालले सांसद डा. यादवलाई १० वैशाखमा महोत्तरीबाट काठमाडौं ल्याएका थिए। उनले आफ्नो इच्छा विपरित उनीहरुले काठमाडौं ल्याएर होटल मेरियटमा छोडेका थिए। यादव त्यहाँबाट भागेर बिहान पार्टीका नेताहरुको सम्पर्कमा पुगेका थिए।

 

 

प्रकाशित: १६ वैशाख २०७७ ०९:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App