१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

सरकारी वकिलको कार्यालयले पनि लिएन सांसद बस्नेत, श्रेष्ठ र पूर्व आईजीपी खनालविरुद्धको जाहेरी

काठमाडौं- सरकारी वकिलको कार्यालय काठमाडौंले सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी लिन अस्वीकार गरेको छ।  अपहरणको जाहेरी दिन पीडित सांसद डा. सुरेन्द्र यादव जनता समाजवादी पार्टीका नेताहरु सहित सरकारी वकिलको कार्यालय पुगेका थिए।

यस अघि काठमाडौं प्रहरीमा जाहेरी दिन पुगेका नेताहरुलाई प्रहरीले महोत्तरी नै जान भनेको थियो। त्यस पछि उनीहरुले दोस्रो विकल्प खोज्दै सरकारी वकिलको कार्यालय पुगेका थिए।

सरकारी वकिलले अध्ययनको समय मागेको अधिवक्ता दिनेश त्रिपाठीले बताए। 'सरकारी वकिलले अध्ययनको लागि समय माग्नु भयो। हामीले भोलीसम्म अध्ययन गर्नस् भन्यौं,' उनले भने। सरकारी वकिललको कार्यालय बबर महलमा जसपा नेताहरु र सरकारी वकिलबीच मुद्दा दर्ता गर्ने विषयमा करिव दुई घण्टा छलफल भएको थियो।

बस्नेत, श्रेष्ठ र खनालले सांसद डा. यादवलाई १० वैशाखमा महोत्तरीबाट काठमाडौं ल्याएका थिए। उनले आफ्नो इच्छा विपरित उनीहरुले काठमाडौं ल्याएर होटल मेरियटमा छोडेका थिए। यादव त्यहाँबाट भागेर बिहान पार्टीका नेताहरुको सम्पर्कमा पुगेका थिए। जनता सामाजवादी पार्टीका नेताहरुले आफ्ना सांसदलाई प्रधानमन्त्रीकै निर्देशनमा अपहरण गरिएको आरोप लगाउँदै आएका छन्।

 

प्रकाशित: १६ वैशाख २०७७ ११:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App