३ मंसिर २०८१ सोमबार
image/svg+xml

अबको निर्वाचनबाट दलाल पूँजीपति र भ्रष्टहरु मात्रै चुनिने खतरा: अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अबको निर्वाचनबाट दलाल पूँजीपति,नोकरसाह पूँजीपति र भ्रष्टहरु मात्रै चुनिने खतरा रहेको बताएका छन्।

चुनावमा आफूले टिकट पाए ठिक, अरुले पाए बेठिक भन्ने प्रवृत्ति देखियोः शंकर पोखरेल

'पार्टीमा पद पाउनासाथ आफ्नो गाउँमा, क्षेत्रमा पाइला नटेक्ने कार्यकर्ताबाट चुनाव जित्न सकिँदैन, जनतामा माझमा पुगेर सुख–दुःखमा जसले साथ दियो उसैले जित्छ,'

संघ र प्रदेशको चुनावमा माओवादीलाई एक नम्बर पार्टी बनाउनुस्ः प्रचण्ड

देशलाई समावेशी दिशामा लैजान, मधेसमा नागरिकता समस्या समाधान गर्न आफ्नो पार्टीले अग्रणी भूमिका निर्वाह गरेको र कठिन परिस्थितिमा पनि स्थानीय तहको चुनावमा सर्लाहीबासीले माओवादीलाई ठूलो सहयोग गरेको बताउँदै प्रचण्डले संघ र प्रदेशको चुनावमा पनि माओवादीलाई एक नम्बरको पार्टी बनाउन सर्लाहीबासीसँग आग्रह गरेका हुन्।

प्रदेशको नामाकरणमा मुख्यमन्त्रीको अभिव्यक्ति खेदजनकः एमाले

मुख्यमन्त्रीको पदमा बसेर साम्प्रदायिकता भड्काउने, तथा नामाकरण गर्ने महत्वपूर्ण जिम्मेवारीबाट पन्छिन खोजेको ठहर गर्दै त्यसप्रति खेद व्यक्त गरेको हो।

भारत भ्रमणमा आरजु राणासँगको भेटलाई षड्यन्त्र बनाएर प्रचार गरियोः प्रचण्ड

‘यो सबै हावा कुरा हो। यो एकखालको भ्रम फैलाउने कुनै न कुनै गिरोहले गरेको आपराधिक हल्ला हो। त्यसमा कुनै सत्यता छैन, हुन सक्दैन। आरजु उपचारको क्रममा दिल्लीमा हुनुहुन्थ्यो, उहाँको स्वास्थ्य लाभको कामना गरेको हो। त्यो यति प्रचारमा लगियो कि अन्तर्राष्ट्रिय स्तरमा पनि प्रचार भएछ। यस्ता वाहियात, तथ्यहीन र षड्यन्त्रमुलक कुराबाट जोगिनुहोला।’

अब गठबन्धनको डम्फू बजाएर बस्न सकिँदैनः माधव नेपाल

‘अहिले तपाईहरुलाई थाहा छ–हामीले स्थानीय तह निर्वाचनमा भाग लियौं। अब मंसीर महिनामा चुनाव आउँदैछ। सम्भवत मंसीर महिनाको पहिलो हप्तामा चुनावको घोषणा हुनेछ। अब कति दिन कति हामीले गठबन्धनको डम्फू बजाएर बस्ने? अब डम्फू बजाउने होइन। अब यो पार्टीलाई बलियो बनाउने डम्फु बजाउने। यो पार्टीलाई सुदृढ बनाउने कुरा गर्ने हो।’

वामपंथी दलबीच चुनावी मोर्चा हुनसक्छः प्रचण्ड

जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई समूह फुटिसकेको र औपचारिकता मात्र बाँकी रहेको भन्दै उनले दुबै पक्षसँगसमेत छलफल चलिरहेको बताए। भट्टराईले बनाउने अर्को पार्टी पनि गठबन्धनमै रहने भएकोले उनीसँग समेत एकताको विषयमा कुरा चलिरहेको बताए।

प्रतिक्रियावादीहरुले एमालेलाई कमजोर बनाउन गठबन्धन बनाएः केपी ओली

मजदुर वर्गको हितको लागि आफ्नो पार्टी र आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय गन्तव्य तय गरेर अघि बढाएको पनि पटकपटक दोहोर्‍याए।

दलाल पुँजीलाई पोसेर देशमा समाजवाद आउन सक्दैनः माधव नेपाल

'हाम्रो राजनीतिको केन्द्रबिन्दु देश र जनता हुनेछ। राजनीतिमा विकृतिहरु, विसंगति, व्यक्तिवादी प्रवृति देखापरेको छ। भ्रष्ट प्रवृति देखिरहेको छ। दलाल पुँजीलाई पोसेर, प्रोत्साहन दिएर, देशको अर्थतन्त्रमा नोक्शान पुर्‍याएर देशमा समाजवाद आउने र राष्ट्रिय पुँजीको प्रवर्द्धन हुनेकुरा सम्भव छैन।’

नेपाली समाजलाई समृद्ध नेपाल र सुखी नेपाली बनाएरै छोड्छु: एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएरै छोड्ने घोषणा गरेका छन्।

‘दाहालको भारत भ्रमण पार्टीगत’

प्रधानमन्त्री मोदीसँग भेट हुन नसके पनि आफू दुःखी नभएको उनको भनाइ थियो। तर कतिपय भारतीय सञ्चारमाध्यमले भने दाहालको प्रधानमन्त्री मोदीसँग भेट्ने कुनै कार्यक्रम तय नभएको दाबी गरेका छन्।

सरकारले चियालाई बेवास्ता गर्‍योः खनाल

उनले देशमा चियाको उत्पादन बढीरहेको भन्दै यसलाई नीति कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेको गुनासो गरे। सांसद खनालले चियाको बारेमा सरकारले ध्यान दिन नसकेको भन्दै यसलाई सरकारले गम्भीर भएर सोच्नुपर्ने बताए।

नेता ज्ञवालीको दुखेसोः अमेरिकाको भान्छाको फोटो छापेर ‘ट्रोल’ बनाइयो

‘मैले केही दिनअघि एउटा सार्वजनिक कार्यक्रममा बोलेको कुरालाई लिएर अमेरिकाको फोटो छापेर मलाई ट्रोल गरियो। ट्रोल छापेर उहाँहरुको भान्छा सस्तो हुन्छ भने होस्। भान्छा सस्तो होस्।’

बाबुरामलाई नेकपा 'समाजवादी केन्द्र' बनाउन प्रचण्डको प्रस्ताव

सो भेटवार्तामा प्रचण्डले भट्टराईलाई पार्टी एकता गरी नेकपा (समाजवादी केन्द्र) बनाउन प्रस्ताव गरेको स्रोतले बताएको छ। यस्तै भट्टराईले आफू कम्युनिष्ट पार्टीमा नफर्कने बताए पनि छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएका छन्।

मेरो जवाफको निचोड छानविन समितिले नै निकाल्छः जनार्दन शर्मा

समितिले बुधबारको बैठकमा अर्थमन्त्री र अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोस्ट दैनिकमा कार्यरत दुई पत्रकार सुरेन्द्र काफ्ले र ममता थापासँग सोधपुछ गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्