२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकारले चियालाई बेवास्ता गर्‍योः खनाल

नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले चियालाई बेवास्ता गरेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खनालले यस्तो बताएका हुन्।

उनले देशमा चियाको उत्पादन बढीरहेको भन्दै यसलाई नीति कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेको गुनासो गरे। सांसद खनालले चियाको बारेमा सरकारले ध्यान दिन नसकेको भन्दै यसलाई सरकारले गम्भीर भएर सोच्नुपर्ने बताए।

उनले राज्यले ध्यान नदिँदा चिया उत्पादकहरुले थुप्रै समस्या भोग्नुरेको बताए। उनले तत्काल चियाका अक्शन सेन्टर खोल्नुपर्ने बताए। सांसद खनालले संगो नेपाललाई चिया क्षेत्रमा रुपान्तरित गर्न सकिने उल्लेख गर्दै चिया उत्पादकलाई उचित मूल्य दिने र संरक्षण नगर्ने हो भने उत्पादकले चियाका बोट नै उखेल्ने स्थिति सिर्जना हुने चेतावनी दिए।

उनले चियाको बारेमा सरकारले अनुसन्धान र योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताए। सांसद खनालले सकरार कमिसनखोरी अर्थतन्त्र विकास गर्न लागिरहेको बताए। उनले आर्थिक संकटतर्फ देश गइरहेको भन्दै चिन्ता व्यक्त गरे। उनले इलाममा चियाको संग्रहालय बनाउन पनि माग गरे। सांसद खनालले चियाको न्यूनतम मूल्य तोक्नुपर्ने बताए।

प्रकाशित: ५ श्रावण २०७९ १०:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App