७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

मिसन ८४ मा लाग्न कार्यकर्तालाई ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा गुटबन्दी गर्न नपाइने बताएका छन्। उनले पार्टीमा कसैले पनि गुटबन्दी नगर्न चेतावनी समेत दिए।

नेकपा एमाले कपिलवस्तुको चन्द्रौटामा आयोजित दशौँ जिल्ला अधिवेशनलाई सम्बोधन गद उनले कार्यकर्तालाई ईमान्दार हुन आग्रह गरे। अध्यक्ष ओलीले कार्यकर्ता ईमान्दार भए नेतृत्व ईमान्दार हुने दाबी गरे। कार्यकर्ता मिसन ८४ पुरा गर्नु सबैको दायित्व भएकाले आजैका दिनदेखि नेता, कार्यकर्ता एक ढिक्का भएर अघि बढ्नुपर्ने उनले बताए।

एमाले अध्यक्ष ओलीले बुद्धको स्थल कपिलवस्तुको समग्र विकासमा जोड दिने बताउँदै त्यसको ज्वलन्त उदाहरण हुलाकी राजमार्ग भएको बताए। अधिवेशनले आगामी ३ वर्षका लागी नयाँ नेतृत्व चयन गर्ने एमाले आयोजक कमिटीले जनाएको छ । अध्यक्षमा वर्तमान जिल्ला अध्यक्ष डम्मर शर्मा, बाबुराम खनाल र विश्राम चौधरीको नाम चर्चामा छ।

उता अध्यक्ष केपी शर्मा ओलीले कपिलवस्तुको बिजयगनर गाउँपालिकाले बनाएको नव निर्मित १५ शय्याको आधारभूत अस्पतालको उद्घाटन गर्दै देशभरका तीन सय ९६ वटा अस्पताल एकै पटक शिलान्यास गरेको र त्यसमध्येका एउटा अस्पतालको आज उद्घाटन गर्न पाउँदा निकै खुसी लागेको बताए। उनले तराई मधेसका जनतालाई स्वास्थ्य लगायतका सेवा दिन सडक सञ्जालको विकास आवश्यक रहेको बताए।

उनले सडक नभएमा अन्य संरचना निर्माण गर्नुको कुनै औचित्य नहुने भन्दै सबैभन्दा पहिला सडक सञ्जाल निर्माणमा जोडिनुपर्ने बताए । तराई मधेसमा पूर्वपश्चिम राजमार्गले नछोएका स्थानमा यातायातका समस्या समाधान गर्ने उद्देश्यले हुलाकी मार्गको सुरुआत गरिएको बताए।

पूर्व प्रधानमन्त्री ओलीले कपिलवस्तुमा सिँचाइको समस्या समाधान गर्न  नौमुरे सिँचाइ योजनालाई निरन्तरता दिन आवश्यक रहेको बताए। उनले २०६३ सालमा आफू परराष्ट्र मन्त्री हुँदा नौमुरे सिचाई आयोजनाको सुरुवात गरेको र त्यसलाई अब फेरी अघि बढाउन आवश्यक रहेको बताए। कपिलवस्तु र नेपालको विकासका लागि कृषिको आधुनिकीकरण र प्रविधिको प्रयोग गरी व्यावसायिक कृषिलाई अघि बढाउनुपर्ने उनले बताए। 

प्रकाशित: २६ वैशाख २०८१ १८:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App