coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रतिक्रियावादीहरुले एमालेलाई कमजोर बनाउन गठबन्धन बनाएः केपी ओली

मजुदरको सफलतामा एमालेको साथ

फाइल तस्बिर।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशी/विदेशी प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई कमजोर बनाउन सत्तारुढ गठबन्धन बनाएको दाबी गरेका छन्।

अध्यक्ष ओलीले मजदुर वर्ग पक्षीय विचारहरुका संवाहक शक्ति नेकपालाई विभाजन गर्ने काम पनि प्रतिक्रियावादी शक्तिहरुले नै गराएको जिकीर गरे। मजदुर वर्ग पक्षीय शक्तिहरुलाई कमजोर पार्ने प्रयास भइरहेको र त्यसैको परिणाम स्वरुप आफू नेतृत्वको तत्कालीन नेकपा विभाजन भएको उनको तर्क थियो।

शनिबारबाट ललितपुरको गोदावरीस्थित सनराईज हलमा सुरु भएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आठौं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरुले जहिले पनि मजदुर वर्ग र उनीहरुको पक्षधर शक्तिलाई विभाजित गर्ने काम गरिरहेको पनि उल्लेख गरे।

उनले मजदुर वर्गको हितको लागि आफ्नो पार्टी र आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय गन्तव्य तय गरेर अघि बढाएको पनि पटकपटक दोहोर्‍याए। त्यस अवसरमा उनले सो गन्तव्यलाई पूरा गराउने काममा मजदुर वर्गमा मात्रै इमान्दार र प्रतिवद्ध हुने विश्वास समेत व्यक्त गरे।

अध्यक्ष ओलीले आफ्नो पार्टी मजदुर वर्गको हितका लागि सदैव एकतावद्ध, प्रतिवद्ध र ऐक्यवद्ध रहेको पनि बताए। मजुदरहरुको सफलतामा आफ्नो पार्टीको सदा साथ रहने उनको भनाइ थियो। 

प्रकाशित: ७ श्रावण २०७९ ०८:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App