७ कार्तिक २०७८ आइतबार

पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मंसिरमा हुने

अन्तर्राष्ट्रिय सम्मेलनको मूल नारा ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ रहेको छ।सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन तथा आर्थिक पुनस्र्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमूलक प्रस्तुतिका साथै विषयगत गोष्ठीसमेत गर्ने कार्यक्रम रहेको छ ।

बिहानै भूकम्पको धक्का

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको हो।

जापानमा शक्तिशाली भूकम्प

जापानको सामुद्रीक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन्।

चीनको सिचुआनमा भूकम्प: तीनको मृत्यु, ६० घाइते

चीनको सिचुआनमा शक्तिशाली भूकम्प आएको छ। भूकम्पमा परी अहिलेसम्म कम्तीमा तीन जनाको मृत्यु भएको र ६० जना घाइते भएका पुष्टि गरिएको छ।

हाइटीमा गएको शक्तिशाली भूकम्पमा परी ३०४ व्यक्तिको मृत्यु, एक हजार ८०० घाइते

शनिबार गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३०४ पुगेको प्रहरीले पुष्टि गरेको छ।

काठमाडौंमा भूकम्पको धक्का महसुस

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ। उक्त भूकम्प ३.५ म्याग्नेच्युडको थियो।

८ हजार ३३७ लाभग्राहीले निजी आवास अनुदान वापत तेश्रो किस्ता बुझे

२०७२ साल बैसाख १२ गते गएको भूकम्पपछिको पुनर्निर्माणका क्रममा २४२ लाभग्राहीले पहिलो किस्ता, ६५२ लाभग्राहीले दोश्रो किस्ता र ७१० लाभग्राहीले तेश्रो किस्ता लिएका छैनन्।

भूकम्पपीडितले आवास अनुदान कात्तिकसम्म लिइसक्नुपर्ने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको बैठकले विविध कारणवश हालसम्म अनुदान सम्झौता गर्न नसकेका वा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीलाई कात्तिक मसान्तभित्र तेस्रो किस्ता लिने गरी घर पुनर्निर्माण गर्न अनुरोध गरेको छ।

भूकम्पले एकसय घरमा क्षति, सातजना घाईते

बुधबार बिहान सबेरै गएको भूकम्पबाट लम्जुङमा मात्र झन्डै एकसय घरमा क्षति पुगेको छ । भूकम्पले घर भत्किँदा थिचिएर लम्जुङमा ६ र कास्कीमा एक गरि सातजना घाइते भएको प्रहरीले बताएको छ ।

लमजुङमा फेरि ५.३ म्याग्निच्युडको भूकम्प, काठमाडौंमा पनि धक्का महसुस

बिहान ८ बजेर २६ मिनेटमा लमजुङको भुलभुले केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पले लम्जुङमा सात वटा घर भत्किए, तीनजना घाइते

एकाबिहानै भूकम्प जाँदा लम्जुङमा सात वटा घर भत्केका छन् । भूकम्पले घर भत्किँदा चोट लागेर तीनजना गाउँले घाइते भएका छन्।

काठमाडौंमा ५.८ म्याग्नेच्युडको भूकम्पकाे धक्का महसुस

आज बिहानै काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङ केन्द्र बनाएर ५.८ म्याग्नेच्युडको भूम्कम्प गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्