१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सिफारिसविपरीत २६ क्याम्पसलाई २५ करोड बाँड्ने तयारी

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूको इसारामा विज्ञान विषय पढाइने २६ वटा क्याम्पसलाई २५ करोड रुपैयाँ बाँड्ने निर्णय गरेको बुभिएको छ। जसमा त्रिविअन्तर्गतका २४ वटा र सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयका एकएकवटा क्याम्पस छन्।

तेल निर्यात कटौतीले विश्वव्यापी असर पर्छ : इरानी मन्त्री

इरानबाट खरिद गर्ने तेलको कटौती गरी शून्यमा झार्ने अमेरिकी योजनाले विश्व तेल बजारमा नकारात्मक प्रभाव पार्ने इरानका पेट्रोलियम मामिलामन्त्रीले बताएका यहाँको तास्निम न्यूज एजेन्सीले सोमबार जनाएको छ।

‘विज्ञान र प्रविधिले अहिलेसम्म बाँचेको छु, नत्र मैले संसार छाडेको १२ वर्ष भइसक्थ्यो’

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकासको गतिले तीव्रता पाएको बताएका छन्। धुलिखेलस्थित काठमाडाैं विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले शुक्रवार विश्वविद्यालयमा आयोजित विशेष दीक्षान्त समारोहमा विकासमा अघि बढ्न सबै संयन्त्रलाई अँगालेको बताए।

उपभोक्ता अधिकार, मौसमी व्यापार

काठमाडौं घट्टेकुलोकी सपना रेग्मीले प्रतिष्ठित व्यापारिक कम्प्लेक्समा कपडा किन्दा आफू ठगिएको पछिमात्रै थाहा पाइन्। बजारमा प्रतिस्पर्धा भए पनि एक हजार दुई सय रुपैयाँ पर्ने टप्सलाई उनले एक हजार आठ सय रुपैयाँ तिरेर किनिन्। ‘हेर्दा कपडा राम्रो लाग्यो र किनें, पछि कपडा खुइलियो,’ उनले गुनासो गरिन्, ‘यहाँ नुनदेखि सुनसम्म सबै सामानमा किन्दा ठगिनुपर्छ, गुणस्तरको पाटो त अझै फितलो छ, खोइ सरकार कहाँ छ?’ उपभोक्ता हरेक ठाउँमा दिनदहाडै ठगिएका छन्।’

बढ्दैछन् मिर्गौला रोगी

विश्व मिर्गौला दिवसका अवरमा आयोजित ¥यालीमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन्। बिहीबार टिचिङ अस्पताल महाराजगञ्जले आयोजना गरेको ¥यालीमा शर्मा अस्पतालको हाताभित्र केही समय हिँडेका थिए। सो क्रममा प्रधानमन्त्री आलीले विश्व मिर्गौला दिवसको टिसर्ट लगाएर अस्पतालको मनमोहन भवनदेखि गेटसम्म हिँडे। सो कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मिर्गौला बचाउन खानपान र व्यायममा ध्यान दिनुपर्ने बताए। कार्यक्रमको आयोजना अस्पतालको नेफ्रोलोजी विभाग र नेपाल मेडिकल विद्यार्थी समाजले गरेको थियो।

पद्मकन्या क्याम्पसमा महिला प्रमुख हुनुपर्ने माग

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पद्मकन्या क्याम्पसको प्रमुख नियुक्तिमा विभेद भएको आरोपमा विश्वविद्यालयका महिला प्रध्यापक, महिला कर्मचारी तथा छात्राहरु आन्दोलनमा उत्रेका छन्। उपकुलपतिको दबाबमा सर्च कमिटिले वरिष्ठता र योग्यतालाई बेवास्ता गर्दै नियम मिचेर आफू निकटका प्राध्यापकलाई च्यापेर उनको नाम सिफारिस गरेपछि महिला शिक्षक, कर्मचारी तथा छात्रा आन्दोलनमा उत्रेका पद्मकन्याकी प्राडा मनसा थापा ठकुराठीले बताइन्।

मुवाँथाईमा दुई खेलाडीले प्रतिस्पर्धा गर्ने

थाइल्यान्डमा हुने १६औं विश्व मुवाँथाई च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। बैंककमा मार्च १२ देखि २० सम्म नेपालको तर्फबाट राहुल श्रेष्ठ र पलिस्था कक्षपतिले चुनौती प्रस्तुत गर्ने भएका हुन्।

एक मिनेटमा के हुन्छ ?

एक मिनेटमा विश्वमा के के हुन सक्छ? विश्वमा डिजिटलाइज भएसँगै अधिकाशं मानिस वर्ड वाइड बेभमार्फत विश्वसँगै एकाकार भई रहेका छन् यो क्रममा विश्वभरका मानिसले एक मिनेटमा डिजिटल माध्यमा के के गर्छन् भन्ने कुरा हामीलाई थाहा नहुन पनि सक्छ।

स्वास्थ्यबर्धक खाना कि औषधि ?

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जले आफ्नो हातामा रहेको फार्मेसीमा फलफूल तथा तरकारीसमेत बेच्न थाल्यो भने के भन्लान् ? उच्च रक्तचाप भएर जचाउन आएको बिरामीलाईलाई परीक्षणपछि औषधि दिनुको बदला तपाईँ चाबहिल चोकबाट हिँडेर दैनिक टिचिङ हस्पिटल आउनूस् भनी डाक्टरले कहेमा कस्तो प्रतिक्रिया आउला ? औषधि खाएर मधुमेहको समस्या तुरुन्तै रोकथाम गर्ने उद्देश्यले आएको बिरामीलाई चिकित्सकले दबाइ दिनुको बदला फलानो फलानो खान्की यति मात्रामा खान भनी सल्लाह दिएमा रोगीका आफन्तले के भन्लान् ?

सम्बन्धन नभएपनि भर्ना

कृषि तथा वन विश्वविद्यालयले गत असारमा ८ निजी कलेजलाई सम्बन्धन दियो। तर सम्बन्धन प्रक्रिया त्रुटिपूर्ण भएको भन्दै मन्त्रीपरिषद्ले साउन १४ मा सम्बन्धन खारेजी ग¥यो। सम्बन्धन खारेजभएपछि पनि निजी कलेजले कृषि तथा वन विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई भर्ना लिएर पठनपाठन सुरु गर्ने तयारीमा जुटेका छन्।

विद्यावारिधिको गरिमा बढाइने

त्रिभुवन विश्वविद्यालयले विद्यावारिधिलाई व्यवस्थित र गुणस्तरीय बनाई यसको गरिमा बढाउन अनुसन्धान विधिका बारेमा निश्चित मापदण्ड निर्माण गर्ने भएको छ ।

विश्वविद्यालय अनुदान आयोगको भविष्य

भारतीय जनता पार्टीले सन् २०१४ को चुनावी घोषणापत्रमा ‘विश्वविद्यालय अनुदान आयोग’ पुनःसंरचना गर्ने बताएको थियो। त्यसको ४ वर्षपछि गत जुलाइमा ६३ वर्ष पुरानो भारतीय ‘विश्वविद्यालय अनुदान आयोग’लाई बिस्थापित गरी ‘हाइयर एजुकेसन कमिसन अफ इन्डिया’ खोल्ने विधेयकको मस्यौदा सार्वजनिक भयो।

विश्वकप फुटसलमा नेपालकाे पहिलो प्रतिद्वन्द्वी क्यानडा

नेपालले चैत १८ गते क्यानडाविरुद्ध खेल्दै विश्वकप फुटसल प्रतियोगिताको सुरुआत गर्ने भएको छ। विश्व फुटसल महासंघको आयोजनामा अर्जेन्टिनामा चैत १७ देखि हुने विश्वकपको १२ औं संस्करणको खेलतालिका आइतबार सार्वजनिक गरेको हो।

आत्मविश्वासको अघि उमेर बाधक बन्दैन

बिहीबार ललितपुरस्थित लाबिम मलमा चौथो अन्तरक्लब महिला स्क्वाट् प्रतियोगिताको अन्तिम चरणको खेल आयोजना भैरहेको थियो। प्रतियोगिताको सुरुआतमा कार्यक्रम सञ्चालिका सुवेच्छा खड्काले  सहभागी ६० केजीमुनी तौलसमूह र ६० केजीमाथि तौल समूहका प्रतिस्पर्धीलाई स्टेजमा बोलाइन्।

त्रिविमा आर्थिक दण्डहीनताको पराकाष्ठा

त्रिभुवन विश्वविद्यालयमा व्यापक अनियमितता भएको खुलेको छ। त्रिविका कार्यकारी परिषद्का पदाधिकारीहरु, विश्वविद्यालयअन्तर्गतका विभिन्न निकाय एवं कार्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरुले आफ्ना संघसंगठनको कार्यक्रममा भाग लिन पनि त्रिविको पैसामा हवाइ यात्रा गरेको भेटिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्