१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

विश्वकप फुटसलमा नेपालकाे पहिलो प्रतिद्वन्द्वी क्यानडा

काठमाडौँ - नेपालले चैत १८ गते क्यानडाविरुद्ध खेल्दै विश्वकप फुटसल प्रतियोगिताको सुरुआत गर्ने भएको छ। विश्व फुटसल महासंघको आयोजनामा अर्जेन्टिनामा चैत १७ देखि हुने विश्वकपको १२औं संस्करणको खेलतालिका आइतबार सार्वजनिक गरेको हो।

१६ टोलीको सहभागिता रहेको प्रतियोगितामा सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। जहाँ नेपाल समूह ‘डी’ मा क्यानडा,क्याटलना र फ्रान्स छन् । नेपालले दोस्रो खेलमा चैत १९ मा क्याटलना र अन्तिम खेलमा चैत २० गते फ्रान्सको सामना गर्नेछ।

प्रत्येक समूहका शीर्ष दुई टोलीले अघिल्लो चरणमा स्थान पक्का गर्नेछन् । उक्त प्रतियोगिताका लागि नेपाल फुटसल संघले खेलाडी छनोट गरिसकेको जनाइएको छ । विश्वकप फुटसलमा नेपालले वाइल्ड कार्डबाट सहभागिता जनाउन लागेको हो।

 

प्रकाशित: २७ फाल्गुन २०७५ ०३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App