२१ असार २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सत्सङ्घमा भएको भागदौडमा परि मृत्यु हुनेको सङ्ख्या सय नाघ्यो

भारतको उत्तरप्रदेशस्थित हाथरशमा भागदौडमा परी मृत्यु हुनेको सङ्ख्या एक सय नाघेको छ।

हाथरसको पुलराई गाउँमा मङ्गलवारका दिन आयोजना गरिएको एक सत्सङ्घको क्रममा भागदौड मच्चिदा ११६ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।

सत्सङ्घ पछि आफूलाई भगवान विष्णुको आशिर्वाद बताउने भोले बाबा नामक उक्त गुरु फरार रहेको पनि प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सत्सङ्घमा एकदेखि डेढ लाख मानिसहरू भेला भएका थिए। प्रहरीले आयोजकमाथि छानबिन सुरु गरेको छ भने फरार रहेका उक्त गुरुको पनि खोजी सुरु गरेको छ।

प्रकाशित: १९ असार २०८१ ०६:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App