१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

‘अब त ट्याक्सीसँगको नाता धुमिलिइसक्यो’

राति ११ बजे । ट्याक्सी चालक कुमार विश्वकर्मा दुई तन्नेरी लिएर बालाजु जाँदै थिए, रत्नपार्कबाट। ट्याक्सीको म्युजिक सिस्टम बन्द थियो। केटाहरू बाचाल थिए। उनीहरूसँगै गफमा गाँसिए कुमार पनि। यात्रुहरूले आफू पनि ड्राइभर भएको बताएपछि मन मिलेको ठानें उनले।

राहणे अवसर पाउनेमा आशावादी

अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा अनुपस्थित भएको एक वर्षभन्दा लामो समय बिते पनि भारतका अजिन्के राहणेले एकदिवसीय विश्वकप टोलीमा अवसर पाउनेमा आशावादी रहेको बताएका छन्।

महिला टी–२० विश्वकप छनोट : नेपालद्वारा कुवेत पराजित, रुविनाको ह्याट्रिक विकेट

आइसीसी महिला टी–२० विश्वकपको एसिया क्वालिफायर अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले कुवेतलाई ३० रनले पराजित गरेको छ। नेपालले प्रस्तुत गरेको ११७ रनको लक्ष्य पछ्याएको कुवेत २० ओभरमा ९ विकेटको क्षतिमा ८६ रनमा समेटियो।

डिन पाठकलाई कारबाही गर्न माग

भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्वाञ्चल विश्वविद्यालयका डिन शुभनारायण पाठकलाई निलम्बन गर्न प्राध्यापकहरूले माग गरेका छन्। ७८ लाख घुस प्रकरणका क्रममा अख्तियारका आयुक्त राजनारायण पाठकलाई घुसको सेटिङ मिलाउने भूमिका निर्वाह गरेको आरोप लागेका डिन पाठकलाई निलम्बन गर्न पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापकहरूले माग गरेका हुन्।

नेकपामा अविश्वास

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तीन शीर्ष नेताहरुवीचको अविश्वासका कारण संगठनात्मक एकीकरण गर्न चार वटा कार्यदल बनिसक्दा पनि त्यसले पूर्णता पाउन सकेको छैन। नेताहरु केपी शर्मा ओली, पुस्पकमल दाहाल र माधव नेपालवीच समन्वय अभाव र अविश्वासका कारण केन्द्रमा पार्टी एकिकरण भएको दश महिना भएको तल्लो तहमा भने एकिकरणको कुनै संरचान तयार गर्न नसकेको हो।

नेपालको अघिल्लो चरण पुग्ने गणितीय सम्भावना मात्र बाँकी

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा नेपालको अघिल्लो चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ। थाइल्याण्डमा जारी उक्त छनोट प्रतियोगिताको विजेता टोली अघिल्लो चरणमा पुग्नेछ।

फागुनमा स्ववियु निर्वाचन नहुने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले गर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन फागुनमा नहुने भएको छ। फागुन १८ गते स्ववियुको कार्यकाल सकिने भए पनि निर्धारित समयमा त्रिविले निर्वाचन गर्न नसक्ने भएको छ। त्रिविले फागुनमा निर्वाचन गर्ने भने पनि पर्याप्त तयारी नपुगेकाले निर्वाचन सार्न थालेको हो। २०७३ फागुन १८ गते २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमार्फत निर्वाचन भएको थियो।

एमबीबीएसमा तोकिएभन्दा बढी विद्यार्थी भर्ना गरेको खुलासा

काठमाडौं विश्वविद्यालय (केयु) बाट सम्बन्धनप्राप्त मेडिकल कलेजहरूले तोकिएको सिटभन्दा एक–एकजना बढी विद्यार्थी भर्ना गरेको तथ्य फेला परेको छ। नेपाल मेडिकल काउन्सिलका सदस्य डा. अंकुर साहले कुनै मेडिकल कलेजले काउन्सिलले निर्धारण गरेको सिटभन्दा अतिरिक्त विद्यार्थी भर्ना गर्न नपाउने बताए। उनले काउन्सिलले निर्धारण गरेको सिटबाहेक भर्ना गरिएका विद्यार्थीलाई मान्यता दिन नसकिने स्पष्ट पारे।

विश्वकप छनोटः चीनविरुद्ध नेपाल ५ रनले विजयी

आइसिसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटमा नेपालले चीनविरुद्ध ५ रनको विजय हात पारेको छ। थाइल्यान्डको बैंककमा सोमवार भएको आफ्नो पाँचौ खेलमा नेपालले चीनलाई ५ रनले हराएर छनोट सम्भावना कायमै राखेको छ। खेलमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले ९ विकेटको क्षतिमा ७७ रन बनाएको थियो। जवाफी व्याटिङ गरेको चीन ६ विकेट गुमाउँदै ७२ रनमा समेटियो।

महिला टी–२० विश्वकप छनोट : नेपालद्वारा हङकङ पराजित, नेरीले लिइन् ६ विकेट

आइसीसी महिला टी–२० विश्वकपको एसिया क्वालिफायर अन्तर्गत आफ्नो चौंथो खेलमा हङकङलाई ४ विकेटले पराजित गर्दै नेपालले तेस्रो जित दर्ता गरेको छ। हङकङले जितका लागि दिएको ६३ रनको सामान्य लक्ष्य नेपालले १८.३ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो।

महिला टी–२० विश्वकप छनोट : नेपाल र हङकङ भिड्दै

आइसीसी महिला टी–२० विश्वकपको एसिया क्वालिफायर अन्तर्गत आफ्नो तेस्रो खेलमा आइतबार (आज) नेपालले हङकङसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो सवा १२ बजे थाइल्याण्डमा हुनेछ।

पाकिस्तानसँग क्रिकेट खेल्ने विषयमा सचिन र विराटको मत बाझियो

विश्वकप क्रिकेटमा पाकिस्तानसँग खेल्ने विषयमा प्रख्यात क्रिकेटर सचिन तेन्दुलकर र भारतीय टिमका कप्तान विराट कोहलीबीच मत बाँझिएको छ। सचिनले भारतले नखेले पाकिस्तानलाई फाइदा हुने भन्दै खेल्नुपर्ने धारणा राखेका छन्। भारत नखेल्दा पाकिस्तानले २ अंक पाउने उनको भनाई छ। भारतले विश्वकपमा पाकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै आएको भन्दै सचिनले फेरि एकपटक पराजित गर्ने समय आएको बताए।

महिला टी–२० विश्वकप छनोट : नेपालको दोस्रो जित, युएई ७ विकेटले पराजित

आइसीसी महिला ट्वान्टी–२० विश्वकपको एसिया क्वालिफायर अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै दोस्रो जित दर्ता गरेको छ। युएईले जितका लागि दिएको ४२ रनको सामान्य लक्ष्य नेपालले १०.२ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो।

महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित

आइसीसी महिला ट्वान्टी–२० विश्वकपको एसिया क्वालिफायर अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोली थाइल्याण्डसँग ५७ रनको फराकिलो अन्तरले पराजित भएको छ।

त्रिविका डिनलाई नेकपानिकट विद्यार्थीको कालोमोसो

यौन दुर्व्यवहारको आरोपमा त्रिभुवन विश्वविद्यालयका सहायक डिन बउवालाल साहमाथि कालोमोसो दलिएको छ। बुधवार नेकपानिकट विद्यार्थीको कालोमोसो दलेको हो। त्रिवि शिक्षाशास्त्रका सहायक डिन साहले ट्रान्सकिप्ट बनाउन आएकी एक युवतीलाई जबरजस्ती यौन दुराचार गर्न खोजेको आरोप विद्यार्थी संगठनले लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्