११ कार्तिक २०८१ आइतबार
image/svg+xml

करेन्ट लागेर धादिङमा एक जनाको मृत्यु

करेन्ट लागेर धादिङमा एक जनाको मृत्यु भएको छ। नीलकण्ठ नगरपालिका –३, बस्ने ५० वर्षीय अर्जुनकुमार श्रेष्ठको मृत्यु भएको हो।

रसुवामा जीप दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते

रसुवाको आमाछोदिङमो गाउँपालिका–५ सिम्बुमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ जिल्लाका ४५ वर्षीय शिवगन्ज राजवंशी र दाङ जिल्लाका २४ वर्षीय विकास घर्तीमगर रहेका छन्।

ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

पूर्व—पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–९, रुपनगरमा गएराती ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

कटैनी खोलामा डुबेर कैलालीमा दुई बालकको मृत्यु

कैलालीको गौरीगंगा नगरपालिका–११, शिवपुरमा रहेको कटैनी खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ।

बाढीले बगाउँदा दुईको मृत्यु

सोमबार दिनभर परेको अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा २ जनाको ज्यान गएको छ। बाढीले बगाएका दुवैजनाको शव मंगलबार बिहान फेला परेको छ।

बाढीले बगाउँदा एक मृत्यु

ओरही नदीमा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। ठाकुरवावा नगरपालिका– ८ का ६५ वर्षिय शितालु थारुको औराही खोलाले बगाउँदा मृत्यु भएको हो।

अनौठो शिशुकाे मृत्यु

कैलालीको टीकापुर अस्पतालमा आज बिहान जन्मिएको एउटा अनौठो शिशुको मृत्यु भएको छ । उक्त शिशुको एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा थियो।

रुखले किचेर एक बालिकाको मृत्यु, दुई गम्भीर घाइते

ब्यास नगरपालिका–६, सेखाटारमा विद्यालय जाने क्रममा रुखले किचेर एक बालिकाको मृत्यु भएको छ भने दुर्इ बालीका गम्भीर घाइते भएकी छन्।

सुनसरीमा स्कारपियो दुर्घटना, ६ भारतीय पर्यटकको मृत्यु

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिका वडा नं. ४ मा सोमबार राती स्कारपियो दुर्घटना हुँदा ६ भारतीय पर्यटकको मृत्यु भएको छ ।

झगडा छुट्याउन जाँदा मृत्यु

बेनीघाट रोराङ गाउँपालिका–५ कामीगाउँकी एक महिलाको एक दम्पतीबीचको झगडा छुट्याउन जाँदा साेमबार मृत्यु भएको छ।

टिपरको ठक्करबाट दुईको मृत्यु

गौरीगञ्ज पाडाजुँगी सडकखण्डमा साेमबार भएको सवारी दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर– ८ बाहुनडाँगीका २२ वर्षीय नेलसन भण्डारी र गौरादह– १ का १८ वर्षीय विवेक बराल रहेका छन्।

कैलालीमा १ को मृत्यु, सयभन्दा बढी घर डुबानमा

आइतबार रातीदेखि परिरहेको अविरल बर्षाले कैलालीमा घर भत्किएर १ जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।

घर भत्कँदा १८ दिनको शिशु सहित ३ को मृत्यु

रुन्टीगढि गाउँपालिका ५ सैवाङमा घर भत्कदा ३ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार घरमा आगो तापिरहेको समयमा माथिबाट पहिरो आई भान्सा कोठामा खस्दा स्थानीय २२ वर्षिया कमला बिक, उनकि १८ दिनकि छोरी आयुसा बिक र नातेदार १५ वर्षिया चित्रा बिकको मृत्यु भएको हो।

बाँकेमा बाढीबाट ४ जनाको मृत्यु, सयौं घर डुबानमा

अविरल बर्षाका कारण आएको बाढीमा परेर बाँकेमा दुई बालबालिकासहित ४ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैजनाथ गाउँपालिकामा दुई र कोहलपुर नगरपालिका तथा डुडुवा गाउँपालिकामा एक÷एक जनाको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्