१२ मंसिर २०८१ बुधबार
image/svg+xml

पहिरोबाट विस्थापित परिवारलाई पुनःस्थापना गर्ने गृहको निर्णय

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा गत जेठ ३१ मा गएको विनाशकारी पहिरोका पिडीतलाई गृहमन्त्रालयले थप राहत दिने र पुनःस्थापना गर्ने निर्णय गरेको छ।

पहिरोले पार्किङ गरिराखेको बस पनि बगायो (अपडेट)

शुक्रबारदेखि परिरहेको अविरल वर्षासँगैको पहिरोले तानसेन नगरपालिका–१२,लुहुङमा पार्किङ गरिराखेको बस बगाएको छ। गएाति पार्किङमा राखेको लु १ ख ९९७१ नम्बरको बस माथिबाट खसेको पहिरोले बगाएको हो।

आँबुखैरेनीमा पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध

तनहुँको आँबुखैरेनीस्थित ऐन पहरा नजिकै पहिरो जाँदा चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक वुद्धीप्रसाद भुषालका अनुसार आज बिहान साढे ६ बजेदेखि लगातार पहिरो खसिरहेको छ।

पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधन अलपत्र

ढुङ्गासहितको पहिरोले बाटो अवरुद्ध पारिदिएपछि अहिले तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र परेर थन्किएका छन्।

पाल्पामा गाडी पहिरोले बगाउँदा ३ जनाको मृत्यु

पाल्पा गुल्मी सडकखण्डमा पहिरोले २ वटा सवारीसाधन बगाउँदा तीनजनाको मृत्यु भएको छ। सडकमा गुडिरहेको ट्याङ्कर र ट्रकलाई पहिरोले बगाउँदा ३ जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

पाल्पामा चार वटा सवारी साधन पहिरोले बगायो, दुई जनाको मृत्यु

पाल्पा गुल्मी सडकखण्डमा पहिरोले ४ वटा सवारी साधन बगाउदा दुई जनाको शव फेला परेको छ । सोमबार साँझ तानसेन नगरपालिका वडा न. ११ सम्मोबारी भन्ने ठाउँमा गुल्मीतर्फ जाँदै गरेका सवारी साधनलाई पहिरोले बगाएको हो ।

पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली राजमार्गअर्न्तगत खाँडाचक्र नगरपालिका–३ को गल्लीमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । आइतबार राति परेको अविरल वर्षाका कारणले कर्णाली राजमार्गमा पहिरो गएको हो ।

पहिरोले अरुणनदी थुनियो, तीन जिल्लामा जोखिम

संखुवासभा जिल्लाको मकालु गाँउपालिकाको वडा नं २ र ५ को सिमानामा ५ सय मिटरमाथिबाट पहिरो खस्दा अरुण नदिको केहि भाग थुनिएको छ । आइताबार बिहान करिब साडे ९ बजेतिर गएको पहिरोले नदीमा करीब तीन सय मिटर पानी जमेर ड्याम बनेको संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले बताए । पहिरोका कारण उच्च जोखिममा परेका प्रकाश राईको ७ जनाको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

पहिरोका कारण पासाङ ल्हामु मार्ग र मैलुङ स्याफ्रुबेसी सडक अवरुद्ध

अविरल वर्षाको कारण आएको पहिरोले पासाङ ल्हामु मार्ग र मैलुङ स्याफ्रुबेसी सडक अवरुद्ध भएको छ। आइतबार राति भएको वर्षाको कारण पासाङ ल्हामु मार्गको रसुवा खण्ड अन्तर्गत राम्चे र स्याउबारीमा र शनिबार राति भएको वर्षाको कारण स्याफ्रु रसुवागढी सडक खण्डको कुलुङमा पहिरो गएको छ।

बाढीले तीनवटा सवारी साधन बगायो

आइतबार बिहान लेन्दी खोलामा आएको बाढीले तीनवटा सवारी साधन बगाएको छ। रसुवागढी नाका नजिकै निर्माण भइरहेको सुख्खा बन्दरगाह निर्माणका लागि प्रयोग गरिएको टिप्पर, जेसिबी र लोडर बगाएको हो।

गुल्मीमा हिँड्दै गरेको गाडीमाथि पहिरो खस्यो, एक जनाको मृत्यु

अविरल बर्षाका कारण पहाडी क्षेत्रमा पहिरोले क्षति गरेको छ । गुल्मीको धुर्कोट गाउँपालिका ३ हर्रापाटामा गुडेरिहेको जीपमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ ।

पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध

गएरातिदेखि परेको अबिरल बर्षाका कारण पहिरो जाँदा पोखरा–बागलुङ सडक अबरुद्ध भएको छ। कुश्मा नगरपालिका वडा नम्बर १ सहस्रधारास्थित पाङ जानेबाटोबाट आएको पहिरोले सडक अबरुद्ध भएको हो। सडक अबरुद्ध भएपछि पर्वतको कुश्माबाट बागलुङ, म्याग्दी, मुस्ताङ जाने र ती जिल्लाबाट पर्वत हुँदै बाहिरिने सवारी साधन पनि चल्न पाएका छैनन्।

भीमफेदी–कुलेखानी र कान्तिराजपथ अवरुद्ध

भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जोड्ने सडकअन्तर्गत पर्ने भीमफेदी गाउँपालिका–६ देउराली र चिसापानीगढीमा आज पहिरो जाँदा हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएको भीमफेदी इलाका प्रहरी कार्यालय जनाएको छ।

बाढीपहिरोको सम्भावना छ, सतर्क बनौंः मौसमविद्

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश नम्बर ५ का धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। यस्तै प्रदेश १, २ र बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

पहिरोमा बेपत्ता बालकको शव भेटियो

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा गएको पहिरोमा हराइरहेका एक बालकको शव पाँच दिनपछि भेटिएको छ । पहिरोमा १४ वर्षीय जेनिश विकको शव बुधबार बिहान फेला परेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्