५ आश्विन २०८१ शनिबार
image/svg+xml

जेष्ठ नागरिकलाई दोस्रो डोज एस्ट्राजेनिका खोप भोलिदेखि

प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत आईतबार साँँझ जिल्ला आईपुगेको खोप सोमबारको स्वास्थ्य समिति बैठकपछि स्थानीयतहलाई वितरण गरी लगाउने तयारी भएको छ।

फाइजर खोप आए भण्डारण चुनौती

फाइजरको खोप भण्डारण स्थल बनाएर मात्र ल्याउन सकिने अवस्था छ। फाइजरको खोप माइनस ७० डिग्री ताफक्रममा मात्र भण्डारण गर्न मिल्छ। त्यसका लागि आवश्यक पर्ने फ्रिज नेपाली बजारमा नभएकाले अन्तर्राष्ट्रिय कम्पनीलाई अर्डर गरेरमात्र बनाउन मिल्छ।

म्याद सकिएको खोप प्रयोग गरिएको छैन, अफवाहको पछि नलागौंः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म्याद सकिएका कोरोना भाइरसविरुद्धको खोप नलगाएको स्पष्ट पारेको छ।

विश्व स्वास्थ्य संगठनको निर्देशनपछि मात्र नेपालमा बुस्टर खोप

परिवार कल्याण महाशाखाका खोप शाखाका प्रमुख डा. झलक गौतमले नेपालमा प्रयोग भइरहेका खोपको विषयमा बुस्टर डोज आवश्यक छ कि छैन भन्ने विषयमा अध्ययन पूरा भइनसकेको र विश्व स्वास्थ्य संगठनको निर्देशनसँगै नेपाल सरकारले निर्णय लिने बताए।

कक्षा १२ को परीक्षा भदौ अन्तिममा हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ का विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप उपलब्ध गाराउने व्यवस्था गरेपछि बोर्डले परीक्षा सञ्चालनको तयारी गरिरहेको बोर्डका सदस्य सविच दुर्गा अर्यालले बताए।

बाढी प्रभावितका लागि कोरोनाविरुद्धको खोप आजदेखि

हेलम्बु–मेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजारका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ।आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले जानकारी दिए।

आशा र निराशाको दोसाँधमा जनता

सबैले आ–आफ्नो तर्फबाट आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गर्ने हो भने कोरोनाबाट सुरक्षित रहन सकिन्छ।सरकारले लागू गर्ने बाध्यात्मक नियम कानुनले भन्दा व्यक्तिको अनुशासन, आत्मसंयम र सावधानीले कोरोनाबाट सुरक्षित रहन र कोरोनालाई परास्त गर्न मद्दत पुग्छ।

खोपका लागि भण्डारण क्षमता बढाइँदै

नियमित रुपमा खोप आइरहेकाले त्यसलाई राख्नका लागि भण्डारण क्षमता बढाउन थालेको विभागले जनाएको छ। नेपालमा लक्षित सबै वर्गलाई लगाउनका लागि कूल पाँच करोड २२ लाख मात्रा खोप ल्याउने तयारी रहेको छ। तीमध्ये अहिलेसम्म एक करोड २० लाख मात्रा खोप नेपाल आइसकेको छ।

केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप

तीन हजार २१५ कैदीबन्दी रहेको केन्द्रीय कारागारभित्र तीन जेल रहेका छन्। हाल सो जेलमा एक हजार ८२२, भद्र जेलमा एक हजार ३८ र महिला जेलमा ३५५ कैदीबन्दी छन्। उक्त जेलमा १६ नाबालकसमेत छन्। कोरोनाको पहिलो चरणमा केन्द्रीय कारागारमा कोरोना सङ्क्रमणका कारण आठ जनाको निधन भए पनि दोस्रो चरणको कोरोनाबाट कसैले पनि ज्यान नगुमाएको जेलर अधिकारीले बताए।

तेस्रो लहरमा जोगिने तयारी

दोस्रो लहरमा अक्सिजन र शय्याका अभावमा बिरामीको अकाल मृत्यु भएको तथ्यबाट हामीले सिक्नुपर्छ। अबका दिनमा पनि अक्सिजनको अभाव र शय्याको अभावलाई मृत्युको कारक मानियो भने त्यो मानवीय अपराध हुन्छ।

जापानबाट पाँच लाख मात्रा खोप आइपुग्यो

जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार मात्रा खोप आज नेपाल आइपुगेको छ।

भेरोसिल खोप नआउँदा दोस्रो डोज लिन वञ्चित

गत साउन १० गते आएर १२ र १३ गते सञ्चालित अभियानअन्तर्गत खोप लिएका २४ हजार ६ सय नागरिकले २८ दिन बित्दासम्म दोस्रो खोप लिन पाएका छैनन्। समयमा खोप नआइपुग्दा पहिलो डोज लिने नागरिक प्रभावित हुने सम्भावना बढेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।

कास्कीलाई पशुमा पूर्ण खोप जिल्ला बनाउने तयारी

पशुमा कास्कीलाइ पूर्ण खोप जिल्ला बनाइने भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कास्कीले जिल्लालाई पशुमा पूर्ण खोप बनाउने तयारी गरेको हो ।

१८ वर्ष पूरा भएका विद्यार्थीलाई आजबाट खोप दिईने

आजबाट लागाउने चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा ४० वर्ष वा सो भन्दा माथिका उमेर समूह, १८ वर्ष पूरा भएका कक्षा ११ तथा १२ का र विश्वविद्यालय तहका परीक्षा प्रवेशपत्र दिएका विद्यार्थीलाई दिन लागिएको हो।

अस्ट्राजेनेका खोप शनिबार र सोमबार आइपुग्ने

जापान सरकारले नेपाललाई कोरोनाविरुद्वको थप अस्ट्राजेनेका खोप उपलब्ध गराउने भएको छ। जापानले नेपाललाई दिने भनेको १६ लाख डोजमध्ये आधा यसअघि नै आइसकेको छ भने बाँकी शनिबार र सोमबार गरेर नेपाल आइपुग्ने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्