८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

म्याद सकिएको खोप प्रयोग गरिएको छैन, अफवाहको पछि नलागौंः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म्याद सकिएका कोरोना भाइरसविरुद्धको खोप नलगाएको स्पष्ट पारेको छ।  

मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै कोरोना भाइरसविरुद्धको म्याद सकिएको खोपको प्रयोग भइरहेको अफवाह फैलिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै म्याद सकिएको खोपको प्रयोग नगरिएको स्पष्ट पारेको हो।  

मन्त्रालयले खोपको म्यादबारेको अफवाहको पछि नलागि ढुक्क भएर खोप लगाउन सबैलाई अनुरोध समेत गरेको छ।

‘कोरोना भाइरसविरुद्धको खोपको म्यादको सम्बन्धमा मन्त्रालय सचेत रहेको र म्याद सकिनु अघि नै सबै खोप प्रयोगमा ल्याइसक्ने कुराको प्रत्याभूत गराउन चाहन्छौ,’ सूचनामा भनिएको छ।

प्रकाशित: ११ भाद्र २०७८ १४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App