१० मंसिर २०८१ सोमबार
image/svg+xml

बाँकी २५ वर्षमा केही होला ?

विक्रम संवत् २०७५ समाप्त भएर नयाँ वर्ष २०७६ प्रारम्भ भएको छ।नेपालीले २१औँ शताब्दीको ७५ वर्षको यात्रा तय गरेका छन्। विक्रम संवत्को क्यालेन्डरअनुरूप बितेको साँढे ७ दशकमा देशभित्र अनेकन् राजनीतिक उथलपुथल भए। पुराना प्रणाली र शक्तिको ठाउँमा नयाँ राजनीतिक प्रणाली र शक्तिकेन्द्र उदाए।

‘समृद्धिको बाटोमा अघि बढौं’

राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो संघर्षबाट मुलुकमा प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देशलाई समृद्धिको बाटमो अघि बढाउन सबैलाई आग्रह गरेकी छिन्।

हस्ताक्षरको अर्थ

वि.सं. २०७५ साल हामीबाट बिदा हुने अन्तिम तयारीमा छ। यो सालले अनेक उतारचढाव बेहोर्न पायो। वर्षको आरम्भमा हामीले धेरै विश्वास, भरोसा र आशा गरेका हुन्छौँ। हिजो बितेको समयका गल्तीनदोहो-याउने, हिजोभन्दा विकास, समृद्धि, विकास, शान्ति, सुरक्षा अनेक सम्भावनाको आशा अर्को सालसँग गरिएको हुन्छ। तर नेपालीको यो विक्रमादित्यअनुसारको समयले निर्धारण गर्ने नियति सुखद छैन।

नेतृत्वप्रति बढ्दै निराशा

समृद्धिको नारा दिँदै सरकारले भर्खैरै लगानी सम्मेलन सम्पन्न गरेको छ। १५ आयोजनामा सम्झौता/सहमति पत्रमा हस्ताक्षर भएको समाचार आएको छ। ती आयोजना यातायात, पूर्वाधार, उर्जा, कृषि, शिक्षा/स्वास्थ्य र ढुवानी क्षेत्रमा रहेको देखिएको छ। सिंगापुरका एक ‘विज्ञ’ मेनहार्ट गु्रपका कार्यकारी अध्यक्ष शाहजाद नसिमले सम्मेलनअघि नै ‘यहाँको प्राकृतिक स्रोत र साधनको सदुपयोग’ गर्नुपर्ने सुझाव दिएछन्। उनले भनेछन्, ‘नेपालले आफ्नोे क्षेत्रको फाइदा लिन खोज्यो भने उत्पादित वस्तुलाई बजारको समस्या हुँदैन।’

‘२५ बर्से योजना ल्याइँदै छ, अब विकासको गति साँच्चै अघि बढ्छ’

बुधबारदेखि राष्ट्रिय योजना आयोग १५औं पञ्चवर्षीय योजना (२०७६/७७–२०८०/८१) को आधारपत्रबारे छलफलमा जुटेको छ। यो छलफल बिहीबारसम्म चल्नेछ।

समृद्धिका लागि ऊर्जा विकास

नेपाल प्राकृतिक सम्पदा र जलस्रोतमा धनी देश हो। करिब ६ हजार नदीनाला भएको नेपालमा सैद्धान्तिकरूपले ८३ हजार मेघावाट जलविद्युत् उत्पादनको सम्भावना छ। नेपालमा १ सय ८ वर्षअगाडि पहिलोपटक सन् १९११ मा फर्पिङ जलविद्युत् आयोजना बनेको थियो।

विप्लवले बन्दुक बोक्नुपर्दैन, मुलुक समृद्धितिर लम्किसक्यो :  मुख्यमन्त्री राई

विप्लव समूहले बन्दुक बोकिरहनुपर्ने अवस्था नरहेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन्। माप्य दूधकोसी गाउँपालिकाको समीक्षालय हल र प्रहरी चौकी भवन उद्घाटनमा पुगेका उनले मुलुक समृद्धिको दिशामा अघि बढिसकेको भन्दै संघीय संरचनाबाट मात्र विकास सम्भव भएको बताए।

द्वन्द्व चर्काउने प्रयास पटक-पटक हुँदैछन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा द्वन्द्व चर्काउने प्रयास पटक-पटक भए पनि त्यस्ता प्रयास असफल पारिएको बताएका छन्।

समृद्धिको आधार र संरचना तयार भएको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि सबै खालका आधार र संरचना तयार भएको बताएका छन्। काठमाडौंमा आइतबार रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले असहज अवस्थामा कानुन निर्माण र संरचना बनाइएको बताए।

‘तपाईंहरू लगानी गर्न आउनुस्, सुरक्षाको जिम्मा हाम्रो’

प्रधानमन्त्री केपी ओलीले नेपाल लगानीका लागि सुरक्षित क्षेत्र बनेको बताएका छन्। आज शुक्रबारदेखि सुरु तेस्रो लगानी सम्मेलनमा उनले विकास साझेदारसहित विदेशी लगानीकर्तालाई लगानीअनुसार नाफा सहजै लैजान सक्ने बताएका हुन्।

लगानी सम्मेलनले विकासको चित्र कोर्ने छ : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले देशमा लगानीको वातावरण बनाउन नसक्ने हो भने सधैँ अरुकै भर पर्नु पर्ने बताएका छन्। लगानी सम्मेलनको पूर्वसन्ध्यामा अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले देशमा लगानीको वातावरण बनाउन नसके सधैँ वैदेशिक रोजगारिको खोजी गर्ने बाध्यता रहिरहने बताए।

स्थानीय तहमा भू–उपयोग योजना

समृद्धिका कुरा र संकल्पले मात्र आर्थिक समानता र दिगो विकासको लक्ष्य पूरा हुन सक्दैन। त्यसका लागि सबैले सोच्नुपर्ने बेला आएको छ। सुरक्षित घर बनाउने बहानामा खेतीयोग्य फाँटको बीचमा घरहरू बनेका छन्। एउटा परिवारमात्र हैन, पूरै टोल नै फाँटमा सरेको छ। भूकम्पपश्चात गाउँबाट खेतीगर्ने फाँटमा झर्नेको संख्या झन् बढेको छ। गाउँबाट सहर पस्नेको संख्या पनि त्यत्तिकै छ। खेतीयोग्य जमिनमा घर र पाखो बारी बाँझो राखेर भारतबाट आएका खाद्य वस्तु भान्सामा भित्र्याउने क्रम बढेको छ।

विकास र समृद्धिले नेपालीको मुहारमा उज्यालो ल्याउने छ : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तिव्र परिवर्तनको क्रममा रहेको बताएका छन्। गीतकार एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालकाे गिती एल्बम परिवर्तनका स्वरहरु भाग २ को विमोचन गर्दै ओलीले देशमा संघीय गणतन्त्र आउनु, संविधानसभाबाट संविधान जारी हुनु जनताले अधिकारको उपभोग गर्न पाउनु र विकास निर्माणको तिव्रताले देशमा परिवर्तनको क्रम बढेको बताए।

'संघीयताका कारण समृद्धि बढ्दै'

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मुलुक समृद्धितर्फ अघि बढिरहेको दाबी गरेका छन्। शनिबार मुख्यमन्त्री कार्यालयमा नागरिक दैनिकका प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीसँगको साक्षात्कारमा उनले संघीय व्यवस्थाका कारण देश आर्थिक समृद्धितर्फ लम्केको दाबी गरेका हुन्। तर संघले प्रदेशलाई अधिकार प्रत्यायोजनमा ढिलासुस्ती गरिरहेको भन्दै यसले विकास निर्माणका काममा समस्या भइरहेको मुख्यमन्त्री पोखरेलले गुनासो गरे। ‘संविधानमा भएको अधिकारसमेत प्रत्यायोजन नहुँदा समस्या भइरहेको छ,’ उनले भने।

तराई मधेसको समृद्धिमा जुट्ने उद्घोष

तराई मधेसको समृद्धि र विकासको लागि नेकपा र नेकपा नेतृत्वको सरकार गम्भीर रहेको पार्टीका प्रमुख तीन नेताले एकै मञ्चबाट घोषणा गरेका छन्। नेकपाको प्रदेश नम्बर २ ले रौतहटको गरुडामा आयोजित आमसभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओली, पूर्व प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री एवं वरिष्ठ नेता माधव कुमार नेपालले सरकारले विकासको लागि गम्भीरतापूर्वक र सजगतापूर्वक अगाडि बढेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्