५ कार्तिक २०८१ सोमबार
image/svg+xml

रुपन्देहीमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा कोरोना संक्रमणबाट आज तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेका बुटवलका २ जना र तिलोत्तमाका एक जना छन्। बुटवलको कोरोना अस्पतालमा उपचारत बुटवल ११ का ४७ वर्षे पुरुष र वडा न १७ का ८१ वर्षे पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले बताए।

धरानमा थप २ संक्रमितको मृत्यु

धरानमा मंगलबार दिउँसो थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा दुवैको मृत्यु भएको हो।

अमेरिकामा गर्भवतीको पेट चिरेर शिशु चोर्ने यी महिलालाई मृत्युदण्ड दिइँदै

अमेरिकामा गर्भवतीको पेट चिरेर शिशु चोरेको कसुरमा एक महिलालाई मृत्युदण्ड दिइने भएको छ।

अदालतले धरौटीमा रिहा गरेपछि प्रदर्शन

कैलालीको सुख्खडस्थित कैलाली एफएममा कार्यरत सञ्चारकर्मी २२ वर्षीया निर्मला पहराईका आफन्त तथा विभिन्न दलित संघसंगठनले न्यायको माग राखेर शुक्रबार कैलालीको सुख्खडमा प्रदर्शन गरेका छन्। आर्थिक चलखेलमा दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्।

चितवनमा कोरोनाबाट मृत्यु हुने दर देशभरिमै दोब्बर !

नेपालको मृत्युदर ०.५७ प्रतिशत हुन आउँछ तर जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाको मृत्युदर १.२८ प्रतिशत पुगेको छ। जुन समग्र नेपालको मृत्युदरभन्दा दोब्बर बढी हो।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु भएको छ। यस्तै ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १५ सय ३ जना कोरोना मुक्त भएका छन्।

‘कोरोना संक्रमणबाट मृत्यु हुने जोखिम- विवाहितभन्दा अविवाहितलाई बढी’

वैज्ञानिकका अनुसार यदि तपाईं पुरुष हुनुहुन्छ, अनि अविवाहित, गरिब र शिक्षा पनि कम छ भने कोरोनाबाट मृत्यु हुने जोखिम ज्यादा हुन्छ।

त्यो भिडिओ, जसका कारण बंगलादेशमा बन्याे बलात्कारीलाई मृत्युदण्ड दिने कानुन

त्यहाँका कानुनमन्त्री अनिसुल हकले संशोधित कानुन मंगलबार राष्ट्रपतिबाट जारी हुने र तत्काल लागु हुने जानकारी दिएका छन्।

कोभिड अस्पताल र होम आइसोलेसनमा धरानका दुई संक्रमितको मृत्यु

होम आइसोलेसनमा बसेका र कोभिड अस्पतालमा भर्ना गरिएका धरानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मधेसमा ‘माइनजनी प्रथा’: मृत्यु संस्कारमा अनिवार्य भोज, विपन्नलाई ऋणको बोझ

मधेसमा माइनजनले जातीय कर्म चलाउने, वादविवाद मिलाउने, ग्राम देवताको पूजा चलाउन गाउँलेलाई ऐक्यबद्ध गराउने आदि काम गर्दै आएका छन्। समुदायमा जन्म, मृत्यु, विवाह संस्कारदेखि भोजभतेरका बारेमा निर्णय उनीहरुले नै निर्णय गर्छन्। उनीहरुको निर्णय सबैले पालना गर्नु अनिवार्य कानुन सरह मानिन्छ । निर्णय नमानेमा समुदायभित्र जातबाट निकाला गर्छन् ।

विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु

विराटनगरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। नोबेल शिक्षण अस्पतालमा दुईजना कोरोना संक्रमितको शनिबार राति मृत्यु भएको हो।

माछा मार्दा करेन्ट लागेर युवकको मृत्यु

मोरङको कानेपोखरी गाउँपालिका–४ का एक युवकको माछा मार्ने क्रममा करेन्ट लागी मृत्यु भएको छ। कानेपोखरीका ३० वर्षीय रेशम माझीको शनिबार राति करिया खोलामा माछा मार्न खोलामा प्रवाह गरिएको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

यी हुन् कोरोनाबाट अति प्रभावित देश

पेसा/व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्