३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

त्यो भिडिओ, जसका कारण बंगलादेशमा बन्याे बलात्कारीलाई मृत्युदण्ड दिने कानुन

प्रतिकात्मक तस्बिर

बंगलादेशमा कानुन संशोधन गरी बलात्कार गर्नेलाई मृत्युदण्डसम्म दिन सकिने प्रावधान बनाइएको छ। बंगलादेश सरकारले सोमबार त्यस्तो कानुन बनाउने निर्णय गरेको हो।

त्यहाँका कानुनमन्त्री अनिसुल हकले संशोधित कानुन मंगलबार राष्ट्रपतिबाट जारी हुने र तत्काल लागु हुने जानकारी दिएका छन्।  

यसकारण बन्यो बलात्कारीलाई मृत्युदण्ड दिने कानुन

गत साता एउटी महिलाको सामूहिक बलात्कार गरिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसपछि देशव्यापी प्रदर्शन सुरु भयो। विद्यार्थी, महिला एवं अधिकारका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिसहित आम नागरिकले राजधानी ढाकामा व्यापक विरोध प्रदर्शन गरे। त्यस क्रममा उनीहरूले गृहमन्त्रीको राजीनामा र बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग राखे।  

त्यसैको प्रभावले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कानुन संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्दै अध्यादेशबाट नयाँ कानुन ल्याउने निर्णय गरेको हो।

अहिले संसद्को सत्र स्थगित रहेकाले त्यसो गरिएको मन्त्री हकले बीबीसीसँग बताएकी छन्।  

यो निर्णयको चारैतिर स्वागत हुने अपेक्षा गरिएको भए पनि बलात्कारपछि पीडित महिलाको हत्या हुने क्रम झन् बढ्ने डर पनि बढ्ने शंका गरिएको छ।  

यस्तो थियो घटना

ह्युमन राइट्स वाचका अनुसार बेगमगन्जमा खिचिएको भिडिओमा देखिएका आक्रमणकारीमध्ये एक जनाले ती महिलालाई बन्दुक देखाएर बारम्बार बलात्कार गरेका हुन्। उनले त्यस्तो कुकृत्य गत वर्ष गरेको राष्ट्रिय मानवाधिकार आयोगले गरेको अनुसन्धानले प्रमाणित गरेको हो।  

विरोध गरे वा भनेको नमाने उनलाई ती व्यक्तिले सामूहिक बलात्कार गर्ने धम्की दिने गरेको आयोगका अनुसन्धान निर्देशकले बताएका छन्।

ती महिलाका अनुसार आफूसँग गरिएको दुराचारको भिडिओ खिचेर उक्त व्यक्तिले एक महिनासम्म धम्की दिँदै पैसा दिन र यौन सम्पर्क गर्न दबाब दिइरहे। तर उनले नमानेपछि भिडिओ सार्वजनिक गरिएको हो।  

उक्त घटनामा संलग्न भएको आरोपमा केही व्यक्ति पक्राउ परेका भए पनि प्रदर्शनकारीले देशमा हुने बलात्कारका घटनामा कडा सजाय हुनुपर्ने माग गरेका थिए। बिबिसी

प्रकाशित: २६ आश्विन २०७७ १०:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App