२५ पुस २०८१ बिहीबार
image/svg+xml

झकिझकाउ पोखरा (फोटो फिचर)

तिहार घरआँगनमै आइपुगेको संकेत झकिझकाउ सजिएको पोखराको बजारले देखाएको छ। तिहारको झिलिमिलीले गर्दा पोखरा अरुबेला भन्दा झनै बढी आकर्षक बनेको छ। पोखरा यतिबेला रातभर झकिझकाउ देखिन्छ।

स्नेहालाई सधैं कुकुर तिहार

‘कुकुरले गर्ने मायाभन्दा कुकुरलाई गरिने मायाले निकै खुसी दिदो रहेछ,’ कुकुर तिहारको केही दिन अगाडि कुराकानीको क्रममा स्नेहा श्रेष्ठले भनिन्, ‘मायाँ गर्नेलाई सधै कुकुर तिहार।’

खेलकुदजन्य गतिविधि गर्न र देउसी खेल्न नपाईने

कोरोना भाइरस समुदायस्तरमै देखिएको अवस्थामा महामारी नियन्त्रणका लागि चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा समेत देउसीभैलो कार्यक्रम सञ्चालन नगर्ने भएकाले सबै स्थानीय तहमार्फत सूचना समेत जारी गरिएको सहायक प्रजिअ सुवास शर्मा पौडेलले बताए।

तयार भयो तिहारको फूल (फोटोफिचर)

पोखरामा तिहारको बेला वर्षेनी सयपत्री फूलको माग ह्वात्तै बढ्छ। यो वर्षपनि माग उस्तै छ। समयमा वर्षा भएका कारण धेरै किसान योपटक फूल खेतीमा लागेका थिए। फूल खेती गरेका किसान यतिबेला तिहार नजिकिएसँगै धमाधम फूल टिप्न व्यस्त छन्।

कमलविनायकमा तिहार स्पेशल विट कुटुम्व हुने

भक्तपुरको कमलविनायकमा तिहार स्पेशल विट कुटुम्व हुने भएको छ। तिहारको उपलक्ष्यमा हुने कार्यक्रम कार्तिक १७ गते बुधबार काग तिहारको दिन हुने जनाइएको छ। कार्यक्रम कमलविनायकस्थित विस्टो दि कासा रेष्टुरेन्ट कमलविनायक भक्तपुरको आयोजनामा हुन लागेको हो।

मादल बिक्री नहुँदा दशैं तिहार खल्लो

गाउँघरमा हुने उत्सव होस् या अन्य गतिविधिमा प्राय बच्ने मादल अचेल बिक्री हुन छाडेको छ। बजारमा नयाँ नयाँ बाजा तथा प्रविधिको प्रयोग बढेसंगै मादल बिक्री हुन छाडेको हो।

तिहारलाई ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुँदै

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ।

दीपावलीमा चङ्गा उडाउने सपना साँच्दै डोम बालबालिका

वर्षभरि अभाव नै अभावमा बित्ने डोम समुदायमा ससाना नानीहरूको रहर र मीठो खाने परिवारको चाहना तिहार र छठ लागेपछि पूरा हुने घरमूलीको आश्वासन हुने गरेको छ।

तिहारको माला उन्दै वनमाला

फूलखेती गर्दै आएका अर्का किसान कल्पना वनमालाका अनुसार एक रोपनीमा धान लगाउनुभन्दा फूल लगाउनु फाइदा हुने गरेको छ। उनले सोही कारण गत वर्ष चार आनामा मात्र लगाएको फूल खेतीलाई यो वर्ष ३ रोपनीमा फूलखेती गरेको बताइन्।

नौ लाखले उपत्यका छाडे, अझै बढ्ने

असोज महिनाको १ गतेबाट अहिलेसम्म उपत्यका छाड्नेको सङ्ख्या नौ लाख पुगेको र अझै बढ्ने देखिएको यातायात व्यवसायीले बताएका छन्। यो वर्ष गत वर्षभन्दा दोब्बर यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्का महासचिव सरोज सिटौलाले बताए।

कर्णालीमा चाडपर्व सुरक्षा योजनामा प्रहरी परिचालन

महत्वपूर्ण सरकारी कार्यालय तथा प्रतिष्ठान, मठमन्दिरमा सुरक्षा व्यवस्था गरिएको जनाउँदै उनले खाद्यान्नलगायतका अत्यावश्यक वस्तुमा कृत्रिम अभाव हुन नदिन अनुगमन गरी सहज आपूर्तिको व्यवस्था गर्ने योजना अघि बढेको बताए।

पोखराका होटलमा दसैं–तिहार प्याकेज

पर्यटन क्षेत्रका व्यवसायीले ल्याउने प्याकेज जुनसुकै बेलाका पनि आकर्षक हुन्छन्। दसैं तिहारको बेला सबैतिर अफर ल्याउने पहिल्यै देखिको चलन भएको र त्यही अनुसार पर्यटन क्षेत्रमा पनि आउने गरेको व्यवसायीको भनाई छ।

ब्लाक प्लस डेकरको योजना

इलेक्ट्रोनिक्स ब्रान्ड ब्लाक प्लस डेकरले दसैंतिहार लक्की स्क्र्याच योजना सार्वजनिक गरेको छ। यसअन्र्तगत ब्लाक प्लस डेकर ब्रान्डका कुनै पनि सामान खरिदमा एउटा कार्ड स्क्र्याच गरेर एक लाखसम्मको हात खाली नजाने क्यास प्राइज तत्काल प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख।

चन्द्रागिरि केबुलकार दसैँ, तिहारमा पनि खुल्ने

चन्द्रागिरि हिल्सले दोस्रो चरणको कोरोना सङ्क्रमणको समयको सदुपयोग गर्दै भालेश्वर मन्दिरदेखि खेलमैदानसम्म १०० मिटर लामो जिपलाइनसमेत सञ्चालनमा ल्याएको छ। उक्त जिपलाइनको मज्जा लिनका लागिसमेत दैनिक सयौँ पर्यटक चन्द्रागिरि पुग्ने गरेका छन्।

चेपाङ परिवारलाई खाद्यान्न सहयोग

जिल्लाका विपन्न १०२ चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ। हिन्दूको महान चाड दसैँ – तिहार नजिकै आइरहेको अवस्थामा कोभिडका कारण ज्याला मजदूरी गर्नसमेत नपाई खाद्यान्न संकटमा परेका चेपाङ घरपरिवारलाई सहयोग गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्