२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

कमलविनायकमा तिहार स्पेशल विट कुटुम्व हुने

भक्तपुरको कमलविनायकमा तिहार स्पेशल विट कुटुम्व हुने भएको छ। तिहारको उपलक्ष्यमा हुने कार्यक्रम कार्तिक १७ गते बुधबार काग तिहारको दिन हुने जनाइएको छ। कार्यक्रम कमलविनायकस्थित विस्टो दि कासा रेष्टुरेन्ट कमलविनायक भक्तपुरको आयोजनामा हुन लागेको हो।

तिहारको रमाइलोको लागि कार्यक्रम गर्न लागिएको जनाइएको छ। साथै नेपाली बाजालाई प्रोत्साहन गर्ने उद्देश्य पनि कार्यक्रमको रहेको बताइएको छ। त्यही कारण कुटुम्व व्याण्ड चुनिएको जनाइएको छ। कुटुम्व व्याण्डले नेपाली बाजा मात्रै बजाउने गर्दै आएको छ।

कार्यक्रम कमलविनायकस्थित रेष्टुरेन्टमै हुने छ। कार्यक्रम साँंझ चार बजदेखि नौ बजेसम्म हुने जनाइएको छ। कार्यक्रमका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट अनुमति लिइसकेको जनाइएको छ।

कार्यक्रममा सहभागी हुन दुई वटा दरको टिकटको व्यवस्था गरिएको छ। एक हजार र आठ सय गरी टिकट दर कायम गरिएको छ। एक हजार गोल्ड र आठ सय सिल्भर गरी दुई प्रकारको टिकट दर रहेका छन्। दुवैखाले टिकट काटनेलाई निःशुल्क डिग्सको व्यवस्था रहेको जनाइएको छ।

तिहारलाई अझ रमझममय बनाउन कार्यक्रम गर्न लागिएको इभेन्ट म्यानेजर अनिल किसीले बताए। विस्टो दि कासा रेष्टुरेन्ट कमलविनायक भक्तपुरले विभिन्न समयमा यस्ताखाले विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको छ।

प्रकाशित: ११ कार्तिक २०७८ ०९:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App