२७ पुस २०८१ शनिबार
image/svg+xml

तिहारको पहिरन

कोटेश्वरका धर्म वली तिहारको लागि किनमेलमा व्यस्त छन् । उनी काठमाडौंमा बसेर अध्ययन गर्छन् । यसपाली तिहार मनाउन उनी घर जाने योजनामा छन् । तिहारमा देउसी–भैलो खेल्दै साथीभाइसँग रमाइलो गर्ने उनको योजना छ।

तिहारमा सयपत्रीको माग उच्च

तिहार सुरु भएसँगै सयपत्री फूलको माग बढेको छ । तिहारमा मात्रै होइन, अन्य चाडपर्वमा पनि सयपत्री नै लोकप्रिय छ । भाइटीकामा प्लाष्टिकका माला भित्रिए पनि यसतर्फ खासै आकर्षण देखिँदैन।

रत्नपार्कमा ‘काग’ सम्मेलन (तस्बिरसहित)

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको पहिलो काग तिहारको दिन आज काग सम्मेलन गरिएको छ।

वनमाला समुदायलाई माला बेच्ने चटारो

तिहार सुरु भएसँगै भक्तपुर, चाँगुनारायण नगरपालिका–९, ताथलीमा बस्ने रिना वनमालालाई कामको चटारो छ । उनलाई फूल टिप्न, मखमली फूलका माला उन्न र बजारमा लगेर बेच्न भ्याइनभ्याइ छ।

हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक सुरु, आज काग तिहार

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ।

तिहारको अवसरमा साहिलको ‘रक्सीको तालैमा’

तिहारको अवसर पारेर गायक साहिल खड्काले नयाँ गीत सार्वजनिक गरेका छन्। उनले आफ्नै शब्द/संगीतमा ‘रक्सीको तालैमा’ बोलको गीत सार्वजनिक गरेका हुन्। गीतमा उदयराज पौडेलको म्यूजिक एरेन्ज छ। ज्ञानेन्द्र शर्माले खिचेको गीतको भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका छन्।

तिहारका लागि चामल अभाव

हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले दसैं र तिहारका लागि पाँच हजार क्विन्टल खाद्यान्न आवश्यक पर्ने भन्दै पटकपटक आपूर्ति मन्त्रालय र खाद्य संस्थानलाई ताकेता गरे।

माइती सम्झँदै तिहार

प्रिय भाइ, मुटुभरी सम्झना। तिहार नजिकिँदै छ र तिम्रो झझल्कोले सताइरहेछ । यसपल्ट पनि नेपालीको दोस्रो ठूलो चाड तिहारमा तिमीसँग भेट भएन । त्यसैले मन खल्लो भइरहेको छ ।

गाईपूजाको मनोविज्ञान

हिन्दूहरूको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन गाईको पूजा गरेर गाईतिहार मनाउने चलन छ । मानव जीवनका लागि गाईको ठूलो महत्व भएका कारण नै वैदिक ऋषिमुनिहरूले (वैज्ञानिक) यस पर्व आविष्कार गरेका हुन्।

तिहार नजिकिँदै गर्दा आठ करोडको तास

पछिल्लो तीन महिनामा मुलुकमा आठ करोड रुपैयाँको तास आयात भएको छ। तास खेल्ने पर्व तिहार नजिकिँदै गर्दा यसको आयात ५२ लाख प्याकेटभन्दा धेरै भएको छ।

भाइटीकाको साइत सार्वजनिक

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ। समितिको बुधबार बसेको बैठकले यही कार्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए। समितिले शुभ बेलाको साइत दिएको जनाइएको छ।

ढकमक्क फूल, तिहारको निम्तो

फूलैफूलको पर्व तिहार आउन अब डेढ साता मात्र बाँकी छ। दसैं सकिएपछि घर–घरमा ढकमक्क फूलेको सयपत्री र मखमलीले तिहारको निम्तो दिन थालेझैं देखिन्छ।

लोकप्रिय तिहार परिकार

हिन्दू नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदैछ। तिहारमा विशेष गरेर दिदीभाइबीचको सुमधुर सम्बन्धको लागि पवित्र चाडको रूपमा मनाउने गरिन्छ। तिहारलाई विशेष खानपानका साथै साथीभाइ मिलेर देउसी–भैलो खेलेर मनाउने चलन छ।

मुस्ताङबाट २६ हजार भेंडाच्यांग्रा बाहिरिए, ३५ करोड कृषकको हातमा

दसैं तिहारमा हिमाली जिल्लाबाट करिव २६ हजार भेंडाच्यांग्रा बाहिएका छन् । पर्याप्त चरन, बजार मूल्यका साथै भेंडापालनमा आकर्षण बढ्दै जान थालेपछि गत वर्षभन्दा धेरै भेंडाच्यांग्रा निकासी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्