२१ आश्विन २०८१ सोमबार
image/svg+xml

हिरासतमा रहेका व्यक्तिको हत्या गर्ने दुई प्रहरीलाई मृत्युदण्ड

दक्षिणी भारतीय राज्य केरलामा एक व्यक्तिको प्रहरी हिरासतमा यातना दिएर हत्या गरिएको ठहर गर्दै दुई प्रहरी अधिकारीलाई मृत्युदण्डको फैसला सुनाइएको छ ।

रसुवा पहिरो अपडेट : ९ जनाको मृत्यु, रसुवागढी-केरूङ जोड्ने सडक अवरुद्ध

रसुवाको टिमुरेमा बुधबार राति गएको पहिरोमा पुरिएर सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ का ३७ वर्षका सुश खडका, २६ वर्षका बिक्रम श्रेष्ठ, ४२ वर्षका श्याम श्रेष्ठ, ४५ वर्षका मंगल तामाङ, रसुवाको थुमनका ४५ वर्षका मिङमारगोम्बो तामाङ, टिमुरेका ४७ वर्षका दोर्जेवाङजु घले, ३७ वर्षका महिला कार्साङ किमो घले, नुवाकोटका रमेश तामाङ र शर्मिला कमिनीको मृत्यु भएको छ।

दक्षिणी सिरियामा आइएस आक्रमण, २५० को मृत्यु

दक्षिणी सिरियामा इस्लामिक स्टेट्स समूहले आत्मघाती आक्रमण र लगातार गरेको गोलाबारीमा परी करिब २५० व्यक्तिको मृत्यु भएको छ। यी आक्रमणहरुमा मारिएका व्यक्ति आधाभन्दा बढी सर्वसाधारण भएका ‘सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्स’का प्रमुख रामी अब्देल रहमानले बताए।

पाकिस्तानमा मतदान सकियो, दिनभरी कम्तीमा ३५ को मृत्यु

हिंसात्मक घटनाहरूका बीच संसदीय निर्वाचनअन्तर्गत पाकिस्तानमा बुधबार मतदान सम्पन्न भएको छ। नयाँ संसद र सरकार गठनका लागि भएको मतदानका क्रममा दिनभरी भएका विभिन्न हिंसात्मक घटनाहरूमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

सुर्तीजन्य वस्तुको उपभोगबाट २५ हजारको मृत्यु

नेपालमा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थ सेवनबाट करीब २५ हजार मानिसको मृत्यु हुने गरेको छ। त्यस्ता वस्तुको प्रयोगबाट फोक्सो, मुटु र घाँटीमा संक्रमण भई शरीरका विभिन्न अंगमा अर्बुद रोगको संक्रमण पाइएको छ। विश्वमा प्रत्येक वर्ष एक करोड मानिसले सूर्तीजन्य पदार्थका कारण अकालमा ज्यान गुमाएको बताइएको छ।

दार्चुलामा पहिरोले घर पुरिँदा एकको मृत्यु, ४ घाइते

दार्चुलामा पहिरोले घर पुरिँदा एक जनाको  मृत्यु भएको छ। बुधबार बिहान घरमा सुतिरहेका बेला आएको  पहिरोमा घर पुरिनुका साथै एक जनाको घटनास्थलमै पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

पाकिस्तानः मतदान केन्द्रमा विस्फोट, २८ को मृत्यु

पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटामा रहेको एक मतदान केन्द्रमा आत्मघाती बम विस्फोट भएको छ। विस्फोटमा परी कम्तीमा २८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका छन्।

सिरियामा अात्मघाती बम विष्फाेट, कम्तिमा ३८ जनाकाे मृत्यु

सिरियामा बुधबार विहान भएको आत्मघाती बम विष्फोटमा परी कम्तिमा ३८ जनाको मृत्यु भएको छ । घटना सिरियाको सरकार नियन्त्रित दक्षिणी प्रान्त स्वेडाको एक शहरमा भएको हो।

लाअाेसमा बाँध भत्किँदा मृत्यु हुनेकाे संख्या १९ पुग्याे

लाओसमा बाँध भत्कदाँ १९ जनाको मृत्यु भएको छ भने हजारौ मानिस हराइरहेका छन् । एक हाइड्रोपावर आयोजनाको निर्माणाधिन बाँध भत्कदाँ हराइरहेका मानिसहरुको उद्धार कार्य समेत चलिरहेको त्यहाँका स्थानीय सञ्चारमाध्यमले बुधबार जानकारी दिएका छन् ।

सेफ्टी ट्यांकी खन्ने क्रममा पुरिएर एकको मृत्यु

धादिङको धुनीबेसी नगरपालिका ६, धार्केमा सेफ्टी ट्याङकी खन्ने क्रममा पुरिएर एकजनाको मृत्यु भएको छ। सेफ्टी ट्याङकी खन्ने क्रममा खसेको पहिरोले पुरिएर पर्सा जिल्लाको जगन्नाथपुर गाउँपालिका वडा नं २ बस्ने ३२ बर्ष का कोइरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

बोलेरो दुर्घटनामा जिसस कर्मचारीको मृत्यु

जिल्ला समन्वय समितिका कर्मचारी बोकेर चरिकोटबाट राजधानी हिडेको एउटा बोलेरो जिप पुष्पलाल मार्ग स्थित नयाँपुल–मन्थली सडक खण्डको भीरकोटमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

ग्रिसकाे जंगलमा अागलागी २० काे मृत्यु

ग्रिसकाे राजधानी एथेन्स नजिकैकाे एक जंगलमा भएकाे भीषण आगलागीमा परी कम्तीमा २० जनाको मृत्यु छ। अागलागीमा अन्य १० जना हराइरहेका छन् ।

गाडीको ठक्करबाट बालिकाको मृत्यु

जाजरकोटमा  यात्रुबाहक गाडीले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ। सदरमुकाम खलंगाबाट रिम्नाका लागि यात्रु लिएर हिडेको ना ४ ख ९७२४ नम्बरको गाडीले ठक्कर दिँदा भेरी नगरपालिका १ रावतगाउँका पृथ्वी रावतकी ८ वर्षीया छोरी रोशनी रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले वताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्