२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सर्लाहीमा करेन्ट लागेर २ को मृत्यु, एक गम्भीर

सर्लाहीमा विद्युतीय करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने एक युवती गम्भीर घाइते भएकी छिन्। जिल्लाको दक्षिण–पूर्वी क्षेत्र हरिपूर्वा नगरपालिका–९, बसन्तपुरको बगेबा गाउँ निवासी ३६ वर्षीय नरेन्द्र चौधरी र १४ वर्षीया सुनिता खत्वे मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय २० वर्षीया फूलोदेवी महतो गम्भीर घाइते भएकी छिन्।

खोलामा पौडी खेल्दा डुबेका दुई किशाेरीको मृत्यु

खैरहनी नगरपालिका वडा नम्बर ३ मा रहेको लदरी खोलामा पौडी खेल्दा डुबेका दुई किशोरीको मृत्यु भएको छ। सोमबार बिहान खोलामा पौडी खेल्दा डुबेका खैरहनी ३ की १३ वर्षीया करुणा विक र १० वर्षीया रिया विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। काठमाण्डौं ईमाडोलकी १५ वर्षीया अस्मिता गौतम घाइते भएकी छिन्।

रोल्पामा पहिरोले पुरेर ३ जनाको मृत्यु

अबिरल बर्षात पछि आएको पहिरोमापरी रोल्पा सुनिलस्मृती गाउँपालिका ८ अरेसको फुल्ढारामा ३ जनाको मृत्यु भएको छ। घर भन्दा टाढा रहेको हस्ते पुनको गोठ माथिबाट आएको पहिरोले पुर्दा स्थानीय करिब १८ वर्षिया चमेली पुन, करिब १८ वर्षिय हुमे घर्ती र करिब १२ वर्षिया ओबी घर्तीको मृत्यु भएको हो।

ट्रिपरको ठक्करबाट एकको मृत्यु, बनेपा तनावग्रस्त्र

बनेपा चारदोबाटोमा ब १ क ३९३४ नम्बरको ट्रिपरले बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ। मोटरसाइकल चालक नमोबुद्ध-४ खनालथोकका ५७ वर्षका जीत बहादुर तामाङ को उपचारका क्रममा मृत्यु भएको हो।

भियतनाममा बाढीमा परी २१ जनाको मृत्यु

मध्य र उत्तरी भियतनाममा भारी वर्षापछि आएको बाढी र आँधीका कारण ठूलो जनधनको क्षति भएको सरकारी अधिकारीहरुले बताएका छन्।

जापानमा बाढीपछि गर्मी, तातो हावाले ३० जनाको मृत्यु

जापानमा अत्यधिक गर्मीका कारण ३० जनाको ज्यान गएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। केही दिनयता यहाँको तापक्रम अनासायै बढेपछि व्यक्तिहरुलाई अनावश्क रुपमा घाममा नजान आइतबार देशभर सूचना जारी गरिएको छ।

मोटरसाईकल दुर्घटनामा बाबुछोरा सहित तीनको मृत्यु

पाल्पाको तिनाउँ गाउँपालिका–२, सिद्धबाबाको हेडबक्स नजिकबाट मोटरसाईकल र ट्रक ठोक्किएर तिनाउ खोलामा खसेका दुई जना र तानसेन नगरपालिका–८, डुम्रेचोकमा मोटरसाईकल र जीप जुध्दा एक गरि तीन जनाको मृत्यु भएको छ।

गाउँलेको कुटपिटबाट दुई झाँक्रीको मृत्यु

धादिङको गंगाजमुना गाउँपालिका–२, लतावमा स्थानीयको कुटाईबाट दुई जनाको मृत्यु भएको छ। गाउँघरमा झाँक्री काम गर्दै आएका साइला भन्ने प्लेक तामाङ र नरुङ तामाङको गाउँलेकै कुटाइका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी डम्बर बिकले बताए।

विद्युत वितरण केन्द्रको लापरबाही : करेन्ट लागेर १ जनाको मृत्यु, ४ घाइते

हुम्लामा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन्। हिल्दुम विद्युत वितरण केन्द्रको लापरबाहीले करेन्ट लागेर सीमकोट गाउँपालिका २ ठेहेकी जसी भण्डारीको ज्यान गएको हो।

पहिरोमा परी एकै परिवारका तीनसहित ४ जनाको मृत्यु

बझाङको खप्तड छान्ना गाउँपालिका–६ बयानामा आज दिउँसो पहिरोमा परी एकै परिवारका तीनसहित चारजनाको घटनास्थलमै मृत्यु भएको छ।

मोटरसाइकल र जीप जुध्दा एकको मृत्यु

तानसेन नगरपालिका ८ डुम्रेचोकमा मोटरसाइकल र जीप जुध्दा मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ। साँझ ७ बजेतिर भएको दुर्घटनामा परी तानसेन नगरपालिका १४ रिडीका २२ वर्षीय कृष्ण पुनको मृत्यु भएको हो।

अमेरिकाको मिसौरीमा डुङ्गा दुर्घटना, ११ को मृत्यु, ५ बेपत्ता

अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पनि ११ जनाको ज्यान गएको छ।

स्वयम्भूमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

स्वयम्भूमा बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कंलकीबाट बालाजुतर्फ आइरहेको बा९६प ५९३७ नंको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ना६ख ५६४८ नंको डिब्बाले ठक्कर दिँदा मोटरसाइकल पछाडि बसेका गोरखा सुलिकोटका ६६ वर्षीय मोहन पनेरु क्षेत्रीको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्