५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

ट्रिपरको ठक्करबाट एकको मृत्यु, बनेपा तनावग्रस्त्र

स्थानीयले जलाइदिएको ट्रिपर। तस्बिर शौजन्य: सरोज अधिकारी

बनेपा- बनेपा चारदोबाटोमा ब १ क ३९३४ नम्बरको ट्रिपरले बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ। मोटरसाइकल चालक नमोबुद्ध-४ खनालथोकका ५७ वर्षका जीत बहादुर तामाङ को उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनापछि आक्रोशित समूहले ट्रिपरमा आगजनी गरेको छ। ट्रिपरका कारण हुने दुर्घटना रोक्न माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन्। ट्रिपर चालक नुवाकोट, बिदुर नगरपालिका १ का २९ वर्षिय सुधन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रिपरका लागि टाइमकार्ड लागु भएपनि यसका कारण हुने दुर्घटना रोकिएका छैनन्।

 

 

प्रकाशित: ७ श्रावण २०७५ ०८:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App