२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

डुबेर मृत्यु

सुर्खेत -  वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत झुप्रा निवासी लोकबहादुर शाहीको पानीमा डुबेर मृत्यु भएको छ।

सोमबार घर नजिकैको झुप्रा खोलामा नुहाउन गएका ५३ वर्षीय शाहीको खोलाको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक श्याम चौधरीले जानकारी दिए।

घरबाट नुहाउन भनी गएका उनी नफर्केपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । खबर हुने बित्तिकै उनको खोजतलास गर्दा सोमबार बेलुका ६ः३५ बजे मृतावस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक चौधरीले बताए।

उनका अनुसार मृत फेला परेका शाहीको प्रारम्भिक अनुसन्धान पूरा गरी शव परीक्षणका लागि सोमबार राति नै क्षेत्रीय अस्पताल सुर्खेतमा पुर्याइएको छ । शव परीक्षण गरी आजै उनका आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ।रासस

प्रकाशित: ८ श्रावण २०७५ ०४:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App