२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बोलेरो दुर्घटनामा जिसस कर्मचारीको मृत्यु

दुर्घटनामा परेको बोलेरो जिप । तस्बिर : विकज पोखरेल

दोलखा– जिल्ला समन्वय समितिका कर्मचारी बोकेर चरिकोटबाट राजधानी हिडेको एउटा बोलेरो जिप पुष्पलाल मार्ग स्थित नयाँपुल–मन्थली सडक खण्डको भीरकोटमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

घटनामा परी दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। घटनामा परी जिल्ला समन्वय समितिका नायब सुब्बा मनोहरि थापाको मृत्यु भएको हो। उक्त बोलेर मंगलबार दिउसो करिब ३ः४५ बजे नयाँपुल–मन्थली सडक खण्डको भीरकोट माझीगाउँ नजिक सडक मोडबाट करिब २ सय मिटर तल खसेको थियो। घटनास्थलमा रहेका स्थानिय विकज पोखरेलका अनुसार सडकबाट २ सय मिटर तल खसेको गाडी कच्याककुचुक हुने गरी क्षतीग्रस्त बनेको छ। 

घटनामा परी जिल्ला समन्वय समितिका ईन्जिनियर नारायण शिवाकोटी र अर्का चालक गम्भीर घाईते भएका छन्। उनिहरुलाई थप उपचारका लागि मन्थली हुँदै राजधानी लगिदै गरेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ८ श्रावण २०७५ ११:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App