११ कार्तिक २०८१ आइतबार
image/svg+xml

टेस्ट खेलाडीलाई एकदिवसीय जिम्मेवारी

१९९६ को विश्वविजेता श्रीलंकाले टेस्ट क्रिकेटमा उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिए पनि २०१७ पछि खेलिएका एकदिवसीय क्रिकेटमध्ये एक तिहाइ खेलको नतिजा गुमाएको छ।

भारतलाई कोहलीको भरोसा

आगामी मे ३० तारिखदेखि सुरु हुने विश्वकपमा भारतीय टोलीका लागि मुख्य हतियार कप्तान विराट कोहलीले नै हुन्। भारतले दक्षिण अफ्रिकाविरुद्ध जुन ५ तारिखदेखि विश्ववकपको यात्रा सुरु गर्नेछ।

पाकिस्तानका क्रिकेटरले विश्वकपमा आफ्नो पत्नीलाई सँगै राख्न नपाउने

३० मे बाट सुरुहुने विश्वकपमा पाकिस्तानी क्रिकेटरले आफ्ना श्रीमती र परिवारलाई सँगै राख्न नपाउने भएका छन्।

अख्तियारको छानबिनमाथि आशंका

लिखित परीक्षाको नतिजा प्रकासनमा अनियमितता भएको भन्दै अख्तियारले थालेको छानबिन किनारा नलाग्दै त्रिभुवन विश्वविद्यालय सेवा आयोगले अन्तरर्वार्ता सुरु गरेको छ।

राष्ट्रिय शिक्षा नीतिलाई अन्तिम टुंगो लगाउने तयारी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले राष्ट्रिय शिक्षा नीतिलाई अन्तिम टुंगो लगाउने तयारी भईरहेको बताएका छन्।

मानव अधिकार आयोगकै अधिकार हनन् हुने कानुन बन्न लागेकाे छः शर्मा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले राष्ट्रिय मानव अधिकार आयोगको अधिकारनै हनन् हुने गरी काननु बनाउन लागेको आरोप लगाएका छन्।

इङ्ल्यान्डलाई हेल्सको समर्थन

एलेक्स हेल्सले घरेलु मैदानमा अर्को साताबाट सुरु हुने विश्वकप २०१९ को टोलीमा स्थान बनाउन नसके पनि इङ्ल्यान्डलाई सधैं आफ्नो समर्थन रहिरहने बताएका छन्।

कतार विश्वकपमा ३२ राष्ट्र मात्रै

कतारमा आयोजना हुने २०२२ को विश्वकपमा ४८ देशलाई सहभागी गराउन नसक्ने बुधबार फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको छ।

ब्याट्सम्यान हाबी हुने कोहलीकोे दाबी

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले क्रिकेट समर्थकले आशा गरेअनुरूप नै इङ्ल्यान्ड र वेल्समा यसै महिना हुने विश्वकप क्रिकेटमा अत्यधिक रन बन्ने बताएका छन्।

अल्जेरिया र अर्जेन्टिना औलोमुक्त

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अल्जेरिया र अर्जेन्टिनालाई औलो रोग मुक्त देश घोषणा गरेको छ। उनीहरूलाई बुधबार नै औलो रोग मुक्त देश भएको प्रमाणपत्र पनि प्रदान गरिएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ।

त्रिवि सेवा आयोग तत्काल खारेज गर्न माग

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले त्रिभुवन विश्वविद्यालय सेवा आयोग तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्। संयोजक गजुरेलले भ्रष्टाचारमा मुछिएको भन्दै त्रिभुवन विश्वविद्यालय सेवा आयोग तत्काल खारेज गर्न सरकारसँग माग गरेका हुन्।

असिफ, अमिर र रियाज पाकिस्तानी विश्वकप टोलीमा

क्यान्सरका कारण १८ महिने छोरी गुमाएका असिफ अलीसहित मोहम्मद अमिर र वाहब रियाजले आगामी विश्वकपका लागि सोमबार १५ सदस्यीय पाकिस्तानी टोलीमा स्थान बनाएका छन्।

अझै लुकाइन्छ पाठेघर खस्ने समस्या

‘कतै लडे भने पाठेघर ठोक्किएर असह्य पीडा हुन्छ। घाँसदाउरा गर्ने क्रममा झाडी वा बुट्यानले छोए भने उस्तैगरी दुख्छ।’ यो पीडा खोटाङको रावाबेंसी गाउँपालिका–५ दुबेकोलकी फूलमाया नेपाली (परिवर्तित नाम) को हो। पाठेघर खस्ने समस्याले तेस्रो चरण पार गरेपछि उनी कहालीलाग्दो पीडा खेप्न बाध्य छिन्। पाठेघर खसेको १५÷१६ वर्ष बिते पनि उनले सामाजिक अन्धविश्वासका कारण हालसम्म उपचार गराएकी छैनन्।

हुरी पीडित ८ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बाराका हावाहुरी पीडित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। गएको चैत १७ गते आएको बिनाशकारी हुरीबाट पीडित देवताल गाउँपालिकाका दुई सामुदायिक विद्यालयका ८ सय ७७ विद्यार्थीलाई विश्व शान्ति महिला संघले शैक्षिक सामग्री बितरण गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्