९ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजाको सबैभन्दा ठूलो अस्पताल ध्वस्त, विश्व स्वास्थ्य सङ्गठनद्वारा चिन्ता व्यक्त

गाजाको सबैभन्दा ठूलो अस्पताल पूर्णरुपले क्षतिग्रस्त बनेको छ। विश्व स्वास्थ्य सङ्गठनले इजरायलको आक्रमण पछि गाजाको सबभन्दा ठूलो अल–शिफा अस्पताल पूर्ण रुपले क्षतिग्रस्त बनेको बताएको छ।

दुई हप्तासम्मको सैन्य कारबाही पछि इजरायली सुरक्षाबल गाजाको अल–शिफा अस्पतालबाट बाहिर आएका थिए।

सङ्गठनका प्रमुख डा.टेड्रोस एड्हनोम घेब्रेयससले अस्पतालबारे जानकारी दिँदै इजरायली सेनाले स्वास्थ्य व्यवस्थालाई जरैदेखि कमजोर बनाइदिएको बताए। उनले अस्पताल भित्र र बाहिर  अहिले पनि कैयौँ शवहरू रहेका भन्दै अस्पतालका भवनहरू पूर्ण रुपले क्षतिग्रस्त बनेको बताए।

गाजा युद्धको आइतवार ६ महिना पूरा भएको छ। यस अवधिमा गाजामा ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

प्रकाशित: २५ चैत्र २०८० १३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App