२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

बालेन्द्रलक्षित ईःईको व्यंग्य : ‘डिबेट’ नगर्ने भावी प्रधानमन्त्रीको चुनावी रणनीति सही हो

सामाजिक अभियन्ता ईःईले रास्वपा उम्मेदवार बालेन्द्र शाहको रणनीतिमाथि व्यंग्य गरेका छन्। उनले केपी शर्मा ओलीसँग वादविवाद अस्वीकार गर्नुलाई भावी प्रधानमन्त्रीको दाबीलाई लक्षित चुनावी चाल भएको बताएका छन्।  

सामाजिक सञ्जालमा उनले स्टेज सेयर गरेर चिप्लिनुभन्दा स्टाटस लेख्दै बस्नु ठिक हुने व्यंग्यात्मक टिप्पणी गरेका छन्। उनले केपी शर्मा ओलीको सान्दर्भिकता समाप्त भइसकेको दाबी गर्दै भविष्यका लागि अझ ठुलो अर्को केपी चाहिँदैन र? भन्ने प्रश्न गरेका छन्।

सामाजिक सञ्जालमा भावी प्रधानमन्त्रीका उम्मेदवार एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति गगन थापा र रास्वपाका शाहबिच सार्वजनिक रूपमा बहस हुनुपर्ने माग भइरहेको छ। 

यसबिच एमाले अध्यक्ष केपी शर्मा ओलीले बहसका लागि गरेको अनुरोध स्वीकार गरे पनि शाहले मानेका छैनन्। सभापति थापाले भने केही भनेका छैनन्। शाह र ओली झापा-५ बाट उम्मेदवार रहेका छन् भने थापा सर्लाही-४ बाट उम्मेदवार रहेका छन्।

हेर्नुस् उनको स्टाटस

प्रकाशित: ११ माघ २०८२ १२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App