१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री महरा आज विश्वासको मत लिँदै

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै छन्। आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा महराले विश्वासको मत लिने कार्यक्रम रहेको छ।

नेकपा माओवादी केन्द्रका नेता महरा चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका थिए। २५ चैतमा शपथ र पदभार ग्रहण गरेका उनले आज मात्रै विश्वासको मत लिन लागेका हुन्।

आज विश्वासको मत लिएपछि मात्रै उनले मन्त्रीहरूको जिम्मेवारी तोक्ने र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपछि अल्पमतमा परेको निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले २२ चैतमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि माओवादी केन्द्र संसदीय दलका नेता महरा ४८ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

उनलाई सत्ता गठबन्धन दल नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, नेकपा एकीकृत समाजजादी १ र स्वतन्त्र सांसद खड्क बस्नेतले समर्थन गरेका थिए।

प्रकाशित: ३० चैत्र २०८० ०९:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App