१९ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

त्रिविको रेक्टरमा प्राडा केसी र रजिष्ट्रारमा प्राडा रिजाल नियुक्त

त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन्।

विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले रेक्टरमा केसीसँगै रजिष्ट्रारमा प्राडा केदार रिजाललाई नियुक्त गरेका हुन्।

शिक्षामन्त्री तथा विश्वविद्यालयको सहकुलपति सुमना श्रेष्ठ र उपकुलपति प्रा.डा. केशरजंग बरालले प्रधानमन्त्रीसमक्ष यी नाम सिफारिस गरेका थिए। सोहि अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल नियुक्त गरेका हुन्।

त्रिवि ऐन अनुसार रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गरेका व्यक्तिलाई कुलपति ९प्रधानमन्त्री०ले नियुक्ति गर्नुपर्ने व्यवस्था छ।

प्रकाशित: ३० चैत्र २०८० १७:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App