२१ आश्विन २०८१ सोमबार
image/svg+xml

युएई सरकारले लागु गर्यो कामदारका लागि नयाँ नियम

संयुक्त अरब इमिरेट्स (युएई) सरकारले आफ्नो देशमा आउने नयाँ कामदारका लागि नयाँ नियम लागु गरेको छ। युएई सरकारले २०१८ फेब्रुअरी ४ देखि लागु हुनेगरी चालचलनको प्रमाणपत्र अनिवार्य पेश गनु पर्ने नियम लागु गरेको हो।

सरकार बनाउन फोरम–राजपा बैठक सुरु

प्रदेश सरकार बनाउन दलीय गठबन्धनको लागि आवश्यक छलफल गर्न संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच जनकपुरमा बैठक बसेको छ।

सरकार गठनको जोडघटाउ सुरु

प्रदेश अधिवेशन सुरु भएलगत्तै प्रदेश २मा सरकार निर्माणका लागि प्रमुख दलसँगै वाम गठबन्धनले पनि आन्तरिक गृहकार्य सुरु गरेका छन्।

परम्परागत हुलाक चलाउँदै स्थानीय सरकार

संघीयता कार्यान्वयनक्रममा गठन भएका स्थानीय तहले विभिन्न खाले समस्याका बीचमा सेवा प्रवाह गर्न बाध्य भइरहेका छन् । दुर्गम जिल्ला रोल्पाका अधिकांश गाउँपालिकामा सूचना तथा सञ्चार आदानप्रदान गर्ने सुविधा छैन । जसले गर्दा विभिन्न निकायसँग समन्वयमा कठिनाइ हुँदै आएको छ भने सेवाको प्रभावकारिता वृद्धि हुन सकेको छैन । ‘कार्यालयमा इमेल, इन्टरनेट छैन । मौसम बिग्रिएका बेला आक्कलझुक्कल लाग्ने फोनले पनि काम गर्दैन । कार्यालय भवनको समस्या त छँदैछ,’ परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दराम परियारले भने।

सरकार गठन गृहकार्यमा एमाले

प्रदेशसभा बैठकसँगै सरकार गठनको गृहकार्य पनि अघि बढेको छ । प्रदेश ५ मा नेकपा एमालेले शंकर पोखरेललाई संसदीय दलको नेता चयन गरिसकेको छ । एमाले–माओवादी केन्द्रबीच भएको सहमतिअनुसार प्रदेश ५ सहित प्रदेश १, ३ र ४ मा एमाले र प्रदेश नम्बर ६ र सातमा माओवादीले मुख्यमन्त्री पाउने सहमति भएको छ । यो सहमतिअनुसार पोखरेल माओवादीको सहयोगमा प्रदेश ५ को मुख्यमन्त्री चुनिदैंछन्।

फागुन दोस्रो साताभित्र देशले नयाँ सरकार पाउँछ : शेरधन राई

नेकपा एमालेका नेता शेरधन राईले आगामी फागुन दोस्रो साताभित्र नयाँ सरकार निर्माण हुने बताएका छन्। खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा २१ करोडको लागतमा निर्माण गर्न लागिएको ला ज्लायो वाङथोप गुम्बा शुक्रबार शिलान्यास गर्दै एमाले पोलिटव्यूरो सदस्य राईले आगामी फागुन ३ गतेसम्ममा ७ वटै प्रदेशमा प्रदेश सरकार निर्माण हुने र फागुन दोस्रो साताभित्र वाम गठबन्धन नेतृत्वमा स्थिर र बलियो सरकार बन्ने बताएका हुन्।

संघीय सरकारको संरचना तत्काल पारित नहुने

सरकारले मन्त्रालयको संख्या १५ बाट बढाएमा केन्द्रमा बस्न पाउने आशाले केही वरिष्ठ सरकारी अधिकारीले स्वेच्छिक अवकाशमा समेत निवेदन दिएका छैनन् ।

नयाँ सरकारसँग निकट हुने भारतीय चाहना

नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेकपा एमाले नेतृत्वमा बन्ने नयाँ सरकारसँग घनिष्ठ सम्बन्धका साथ काम गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इच्छुक रहेको सन्देश दिएकी छन् ।

सरकारी बेवास्ताले अलपत्र बन्दै लोकमार्गका पुल

सरकारले निकै प्राथमिकता दिएको भनिएको मध्यपहाडीलोक मार्ग अन्तरगत विभिन्न नदी र खोलाहरुमा बन्ने पुलहरु लामो समय अलपत्र पर्दा पनि सरकारी निकाय मौन देखिएको छ।

फागुन दोस्रो साता ओली नेतृत्वमा सरकार : सचिव भट्टराई

नेकपा एमालेका सचिब तथा ताप्लेजुङका प्रतिनिधीसभा सदस्य योगेश भट्टराईले फागुनको दोस्रो हप्ता एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्ने दावी गरेका छन्।

कार्यकर्ता पोस्न सरकारी ढुकुटी लुट

सरकारले आर्थिक सहायता शीर्षकमा एक वर्षलाई छुट्याएको बजेटसहित थप साढे ७ करोड रुपैयाँ ६ महिनामै दलका नेता कार्यकर्तालाई बाँडेको छ । आर्थिक वर्ष २०७४÷७५ का लागि सरकारले आर्थिक सहायता शीर्षकमा २५ करोड रुपैयाँ छुट्याएको भए पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो ६ महिनामै साढे ३२ करोड रुपैयाँ खर्च गरिसकेको छ ।

सरकार गठनमा फोरम - राजपाको गृहकार्य

प्रदेश २ मा सरकार बनाउन संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले अनौचारिक गृहकार्य सुरू गरेका छन् ।

सरकारले तोक्यो पदीय मर्यादा, नेशनल ट्रेडिङ खारेज

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखदेखि स्थानीय तहका सबै पदाधिकारीको मर्यादाक्रम तोकेको हो।

यमनमा विद्रोहीद्वारा सरकारी भवन कब्जा

यमनको बन्दरगाह सहर एडेनमा दक्षिणी यमनका पृथकतावादीहरूले एडेन सहरका सरकारी भवनहरू पनि कब्जा गरेको पछिल्लो समाचार प्राप्त भएको छ।

प्रदेश चलाउन सरकारले तत्काल १५ सय कर्मचारी खटाउँदै

सरकारले सातवटा प्रदेशमा प्रदेश सरकार चलाउन तत्काल करिब १ हजार ५ सय कर्मचारी खटाएको छ । प्रदेशमा खटिने कर्मचारीहरू प्रदेश प्रमुखको कार्यालय, प्रदेश मन्त्रिपरिषद तथा मुख्य मन्त्रीको कार्यालय, प्रदेश मन्त्रालय तथा प्रदेशसभा सचिवालयमा जाने भएका छन् । सरकारले प्रदेश प्रमुखको कार्यालय तथा प्रदेश मुख्य मन्त्रीको कार्यालयको संगठनात्मक संरचना पनि तयार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्