२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सरकारी ‘पहल’ कुरेको कुर्यै अदुवा व्यवसायी

तीन सातादेखि रोकिएको अदुवा निकासी खुल्ने कुनै छनक नदेखिएपछि व्यवसायी र किसान आजित भएका छन् । वाणिज्य मन्त्रालयसमेत आफूहरूको समस्यामा गम्भीर नभएको भन्दै व्यवसायीले गुनासो गरेका छन् ।

प्रदेश २ मा सरकारको गठजोडमा मधेश केन्द्रित दल

तराई–मधेश केन्द्रित राजनीतिक दलले प्रदेश नं २ मा सरकार गठनका लागि वार्ता र छलफललाई तीव्रता दिएका छन्।

सरकार गठन भन्दा पहिला पार्टी एकता : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनभन्दा पहिला पार्टी एकता टुड्ग्याउने क्रममा आफूहरु रहेको बताएका छन्।

सरकारी अधिकारी भवन खोज्न व्यस्त

प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडामा राखेपछि सरकारी अधिकारीहरु भवन र अन्य व्यवस्थापन गर्न व्यस्त छन् । क्षेत्रीय तथा जिल्लास्तरीय सरकारी कार्यालय प्रमुखहरुको बैठकले प्रदेशस्तरीय मन्त्रालय, निवास र सचिवालय रहने भवनहरुको पहिचान गरेको छ।

‘सरकार गठन र पार्टी एकता हुन नदिन षड्यन्त्र’

नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले वाम गठबन्धनको सरकार बन्न र पार्टी एकता हुन नदिन अझै पनि षड्यन्त्र भइरहेको बताएका छन्। अनेरास्ववियु भक्तपुरको १८ औँ सम्मेलनका क्रममा उनले यस्ताखाले षड्यन्त्रलाई चिर्दै आगामी फागुन पहिलो सातासम्म नयाँ सरकार गठन र पार्टी एकता गर्न कसैले रोक्न नसक्ने बताए।

पोखरा पुगेर ओलीले भने : सरकार देशलाई कंगाल बनाउँदैछ

बाहिरिनै लागेको सरकारले मनपरि खर्च गरेर देशलाई कंगाल बनाउन थालेको एमालेले आरोप लगाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार पोखरामा देश नै कंगाल बनाउने गरि राज्यले आर्थिक क्षेत्रमा अनैतिक निर्णय गरेको बताए।

नक्सा पास गर्न सरकारी कार्यालयलाई मौखिक अनुरोध

जिल्ला सदरमुकाममा निर्माणाधि र निर्माण सम्पन्न भएका सरकारी कार्यालयको भवनको नक्सा पास नगरी लाखौँको राजश्व संकलन हुन नसकेको सार्वजनिक भएपछि फिदिम नगरपालिकाले सकारी कार्यालयलाई नक्सा पास गर्न मौखिक अनुरोध गरेका छन्।

सरकारका निर्णय पुर्नविचार हुन्छ : उपाध्यक्ष रावल

नेकपा एमालेका उपाध्यक्ष भिम रावलले अहिलेको सरकारले र मनपरी ढंगले जनताको हित विपरीत निर्णय गरीरहेको आरोप लगाएका छन्।

सरकारविरुद्ध सर्वोच्चमा रिट दर्ता गर्ने तयारीमा रुकुमवासी

सरकारले पूर्वी रुकुमको सदरमुकाम पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १० गोलगोल खाँडलमा बनाउने निर्णय गरेपछि रुकुमकोटवासीहरू आन्दोलित भएका छन् । उनीहरू बिहीबार राती १० बजेदेखि नै आन्दोलित भएका हुन्। आन्दोलित रुकुमवासीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । सदरमुकाम रुकुमकोट आउने सबै नाकाहरु बन्द गरेका छन् । सरकार विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने तयार भइ रहेको यहाँका बुद्धिजीवि बलवहादुर शाहीले जानकारी दिए । ‘सरकारी कामकाज समेत सुरु भई सकेको रुकुमकोटबाट गोलगोल खाँडलमा सार्ने निर्णर्य जनताको विपक्षमा छ उनले भने, यो कुनै पनि हालतमा स्वीकार्य छैन् । सरकारले यो निर्णय तत्काल सच्याउनु पर्छ’ उनले भने ।

देउवा सरकारका निर्णय अनुचित र अनैतिक : ओली

एमालेले सरकारबाट बाहिरिनै लागेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले गरेका पछिल्ला निर्णयले देशको अर्थतन्त्र र राज्य संयन्त्रमा दीर्घकालीन असर पार्ने भन्दै आपत्ति जनाएको छ।

अब बन्ने सरकारलाई पूर्ण समर्थन : पुरी

नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले नेपालमा अब बन्ने सरकारलाई भारत सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको स्पष्ट पारेका छन् । नेपाल–भारत सम्बन्ध सुमधुर र विशिष्ट भएको चर्चा गर्दै उनले अब बन्ने सरकारलाई भारतको पूर्ण सहयोग र समर्थन रहने बताए । बिहीबार रिपोटर्स क्लबले भारतको ६९ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा गरेको कार्यक्रममा बोल्दै पुरीले भने, ‘नेपालमा अब बन्ने नयाँ सरकारसँग भारत सुमधुर र प्रगाढ सम्बन्ध राख्न चाहन्छ । यसको संकेत हाम्रो प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्वाद गरेर देखाइसक्नुभएको छ,’ उनले भने, ‘नेपालमा निर्वाचन सम्पन्न भएपछि हाम्रो प्रधानमन्त्रीले नेपालका तीनै दलका शीर्ष नेताहरूसँग टेलिफोनमा वार्ता गर्नुभएको थियो, तर यो बीचमा उहाँले दोहो¥याएर एमाले अध्यक्ष ओलीसँग टेलिफोनमा सम्वाद गर्नुभयो, यो पनि विशिष्ट सम्बन्धको संकेत हो।’

काम चलाउ अवधिका सबै निर्णय नयाँ सरकारले पुर्नविचार गर्नेछः ओली (अपडेट)

एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले काम चलाउ अवधिमा गरेका सबै निर्णयहरु नयाँ सरकारले पुर्नविचार गर्ने बताएका छन् ।

बाँदरमुढेका मृतकलाई सहिद घोषणा गर्ने सरकारको तयारी

सरकारले बाँदरमुढे घटनामा मारिएकाहरुलाई सहिद घोषणा गर्ने तयारी गरेको छ। चितवनको बाँदरमुढेमा २०६२ साल जेठ २३ गते यात्रुले खचाखच भरिएको बसलाई लक्षित गरी माओवादीले विद्युतीय धराप विष्फोट गराउँदा ३८ जनाको ज्यान गएको थियो।

जापान सरकारद्वारा बत्तीस करोड अनुदान

जापान सरकारले खाद्य सहायता कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३२ करोड ४८ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ।

ढुंगागिटी निर्यात खुलाउने तयारीमा सरकार

सरकारले ढुंगा गिटी निर्यात खोल्ने तयारी गरेको छ। ढुंगा गिटी तस्करहरुको प्रभावमा यस्तो तयारी गरेको हो। आपूर्तिमन्त्रालयले यसको लागि प्रस्ताव समेत तयार पारेको स्रोतले बतायो। ‘मन्त्रालयले ढुंगा गिटी निर्यात खोल्ने तयारी गरेको छ’, स्रोतले भन्यो, ‘सम्भवत अब बस्ने मन्त्रिपरिषद बैठकमा यो प्रस्ताव पेस हुन्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्