काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले काम चलाउ अवधिमा गरेका सबै निर्णयहरु नयाँ सरकारले पुर्नविचार गर्ने बताएका छन् ।
भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीले बिहीवार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘नयाँ सरकारले यसबीचमा भएका सबै निर्णय पुर्नविचार गर्नेछ । अनैतिक, अनुचित कामहरु भएका छन् । यस्ता कामहरुमाथि पुर्नविचार गर्नेछ । संविधान विपरित भएका सबै कामहरु पुर्नविचार गर्नेछ ।’
एमालेका अापत्ति
- जेष्ठ नागरिक भत्ताका लागि उमेर घटाउने,
- प्रहरीमा एआईजीको दरबन्दी थप्ने,
- शेयर बजारमा भ्याट नीति लगाएर अातंकित पार्ने
- ६० अर्ब खर्चेर कर्मचारीलाई स्वेच्छिक अवकाश दिने
- राजदूतलाई प्रचारमा उतार्ने
कांग्रेस नेतृत्वको अहिलेको सरकार सत्तामा टिकीरहन जालझेल र तिकडम गरेको बसेको पनि ओलीले बताए ।
देउवा सरकारले आफूले चुनाव नजितेपछि देशलाई आर्थिक संकटमा फँसाउने गरि असंवैधानिक, अनैतिक र अनुचित निर्णयहरु गर्दै गएको बताए । जेष्ठ नागरिक भत्ताका लागि उमेर घटाउने, प्रहरीमा एआईजीको दरबन्दी थप्ने, शेयर बजारमा भ्याट नीति लगाउने, कर्मचारीलाई स्वेच्छिक अवकाश दिने, राजदूतलाई प्रचारमा उतार्ने जस्ता कामहरुमा ओलीले आपत्ति जनाए ।
प्रकाशित: ११ माघ २०७४ ११:४७ बिहीबार