२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सरकारका निर्णयप्रति एमाले रुष्ट, आज धारणा सार्वजनिक गर्ने

नेकपा एमालेले बिहीवार पत्रकार सम्मेलन गरि सरकारका पछिल्ला निर्णय र अन्य विषयमा धारणा सार्वजनिक गर्ने भएको छ ।

सरकार र प्रहरीले मेरो ज्यान लिने प्रयास गर्‍यो : नवराज सिलवाल

नेपाल प्रहरीका  पूर्व डिआइजी तथा नेकपा एमालेका सांसद नवराज सिलवालले सरकारको इशारामा  प्रहरी प्रशासनले पटक पटक आफ्नो जिउज्यानमाथि धावा बोलेको आरोप लगाएका छन्।

वीरेन्द्रनगरमा प्रदेश सरकारका लागि भौतिक संरचनाको तयारी तिब्र

६ नम्वर प्रदेशको अस्थायी राजधानी वीरेन्द्रनगरमा प्रदेश व्यवस्थापिका संसद र सरकारका लागि आवश्यक भौतिक संरचनाको तयारी धमाधम भइरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद, प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीलगायत प्रदेश सरकारका आवश्यक संरचनाहरुको स्वीकृति गरेपछि क्षेत्रीय प्रशासन कार्यालय र सडक डिभिजन कार्यालयले तयारी थालेका हुन्।

नक्सा पास नगरी सरकारी भवन

सदरमुकाम फिदिम बजार क्षेत्रमा नक्सानै पास नगरी बनिरहेका ६० वटा नीजि घरहरुलाई फिदिम नगरपालिकाले पास गर्न नत्र कानुनी कारबाहीको चेतावनी दिंदै केहि दिन अघि पत्र लेख्यो।

प्रदेश सरकारका ६ ऐन केन्द्र सरकारले बनाउने

केन्द्रीय सरकारले प्रदेश सरकारका लागि आवश्यक ६ वटा ऐन र २ वटा नियमावली बनाउने भएको छ । प्रदेश सरकारले आफ्नो काम सुरु गर्नुअघि नै कानुन आवश्यक पर्ने भएका कारण केन्द्रीय सरकारले कानुन बनाउन लागेको हो । सामान्य अवस्थामा आफ्ना लागि कानुन बनाउने जिम्मा प्रदेशकै हुन्छ । प्रदेशसभाले प्रदेशको राज्य सञ्चालनका लागि आवश्यक कानुन बनाउँछ ।

संसद् बैठक आह्वान, सरकार गठनको तयारी

प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले प्रदेशसभा बैठक र प्रदेश सरकार गठनको तयारी भइरहेको बताएका छन्। प्रदेशसभा सदस्यलाई पद तथा गोपनियताको शपथग्रहण गराउने मुख्य काम सकिएपछि उहाँले प्रदेशसभा बैठक र प्रदेश सरकार गठनको तयारीमा जुटेका हुन्।

सरकारी भवन नै मापदण्ड विपरीत

जिल्लामा मापदण्ड मिचेर सरकारी भवनहरु बनाइरहेको पाइएको छ। ठूलो लागतमा सदरमुकाम फिदिममा निर्माण भईरहेका भवन र यसअघि निर्माण सम्पन्न भएका सरकारी भवनहरुको नक्सा पास भएको छैन।

सरकारी सुविधा नलिने घोषणा

गोरखा २ ‘ख’ बाट प्रदेससभा सदस्यमा निर्वाचित प्रकाशचन्द्र दवाडीले सरकारी सुविधा नलिने घोषणा गरेका छन्। सपथग्रहण पश्चात नागरिकसँग कुराकानी गर्दै उनले आफुले पाउने सबै सेवा सुविधा जनताको लागि खर्च गर्ने बताए।

नयाँ सरकारले प्रदेश प्रमुख हटाउँछ : एमाले नेता

नेकपा एमालेका नेता रघुवीर महासेठले सरकारले अयोग्य र विवादित व्यक्तिलाई प्रदेश प्रमुखमा नियुक्ति गरेको आरोप लगाउँदै नयाँ सरकारले त्यसलाई निरन्तरता नदिने बताएका छन्।

राष्ट्रियसभाको चुनावपछि मात्र सरकार छोड्छौंः मन्त्री राणा

अर्थराज्यमन्त्री उदयशमशेर राणाले संविधानअनुसार प्रक्रिया पूरा गरेपछि मात्रै सत्ता हस्तान्तरण हुने बताएका छन्। कांग्रेसले सत्ता छोड्न नमानेको भन्ने आरोपको खण्डन गर्दै मन्त्री राणाले संविधानअनुसार प्रक्रिया र जिम्मेवारी छोडेर सरकार छाड्दा अन्यौलता सिर्जना हुने भएकाले राष्ट्रियसभाको चुनाव सम्पन्न भएपछि सरकार छोडिने रस्पष्ट पारे।

धनकुटावासीद्वारा थाल ठटाएर सरकारको विरोध

प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगर तोकिएपछि विरोधमा उत्रिएका धनकुटावासीले आइतवार फरक किसिमको आन्दोलन गरेका छन्।

उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरियामा

उत्तर कोरियाली सरकारी अधिकारीहरु सम्मिलित एक प्रतिनिधिमण्डल आइतबार दक्षिण कोरिया पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

प्रदेश सरकारमा हिस्सा आज टुंग्याउने

‘राष्ट्रियसभाको उम्मेदवारी र प्रदेश सरकार गठनका लागि कार्यदलले तयार पारेका प्रतिवेदनमा एकता संयोजन समितिले भोलि (आइतबार) निर्णय गर्नेछ र बैठकमा पार्टी एकताबारे पनि छलफल र निर्णय गर्नेछ ।’  पम्फा भुसाल, माओवादी केन्द्र प्रवक्ता

कानूनबारे जानकारी नहुँदा स्थानीय सरकार चलाउन गाह्रो

नयाँ बनेका कानूनबारे जानकारी अभावमा स्थानीय सरकार सञ्चालन गर्न जनप्रतिनिधिलाई कठिनाई भइरहेको सरोकारवालाहरुले गुनासो गरेका छन्। सरकार सञ्चालन कार्यविधिबारे आवश्यक जानकारी नहुँदा स्थानीय जनप्रतिनिधिलाई जनताकाको सेवा गर्न जटिलता आईपरेको तथा सेवा प्रभावित बनेको स्वयं जनप्रतिनिधिहरु स्वीकार्छन्।

नयाँ सरकारले प्रदेश प्रमुख फेर्न सक्छ : पुन

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नयाँ सरकारले प्रदेश प्रमुख फेर्नसक्ने बताएका छन्। रोल्पा नगरपालिका ४ को वडा कार्यालय भवनको उद्घाटन गर्दै पुनले शेरबहादुर देउवा नेतृत्वको कामचलाउ हैसियतको सरकारले नियुक्त गरेका प्रदेश प्रमुख अस्थायी भएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्