२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रतिनिधिसभाको निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेश, सरकार गठनको बाटो खुल्ला

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ।

‘एकीकृत पार्टीको नेतृत्वमा सरकार’

नेकपा माओवादी केन्द्रको सचिवालय बैठकले एकीकृत पार्टीकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको बैठकले एमाले र माओवादीको तर्फबाट सरकारमा प्रतिनिधित्व नगरी एउटै पार्टीको तर्फबाट सरकार बनाउने निर्णय गरेको माओवादी नेता दिनानाथ शर्माले बताए।

सरकारको नेतृत्व आलोपालो गर्ने एमाले निर्णय

नेकपा एमाले आकस्मिक स्थायी कमिटी बैठकले प्रधानमन्त्रीको उम्मेदवार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बनाउने निर्णय गरेको छ। पार्टी एकता र सरकार निर्माणबारे निर्णय लिन बसेको एमाले बैठकले पार्टी र सरकारको नेतृत्वमा आलोपालो गर्ने समेत निर्णय गरेको एमाले उप-महासचिव घनश्याम भुसालले बताए।

संसदीय दलको नेता नबन्दा सरकार गठनमा ढिलाइ

प्रदेश नम्बर ७ मा माओवादी केन्द्रले त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाउने टुंगो लगाएको डेढ साता भइसकेको छ । वाम गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रबीच बाँडफाँटमा प्रदेश नम्बर ७ मा दोस्रो ठूलो दल रहेको माओवादी केन्द्रको भागमा मुख्यमन्त्री परेको हो ।

सरकारमा सहभागीबारे राजपामा विवाद

तराई–मधेस केन्द्रित राष्ट्रिय जनता पार्टी नेपालभित्र मन्त्रिमण्डलमा सहभागी हुने विषयमा विवाद चर्किएको छ ।विवाद बढेका कारण प्रदेश २ मा मन्त्रिमण्डल गठन प्रक्रियामा राजपा सामेल नहुने सम्भावना बढेको छ । राजपा सहभागी नभएमा उक्त प्रदेशमा मधेस गठबन्धनको मुख्य घटक संघीय समाजवादी फोरम, नेपाल एक्लैले सरकार बनाउनेछ ।

‘दुई छाक टार्ने सहायता हामी कहिले पाउँछौं सरकार’

सरकारको गरिब तथा गम्भीर प्रकृतिका बिरामीलाई उपचार खर्च भन्दै आर्थिक सहायता प्रदान गर्ने सूचीमा परेका बुद्धिप्रसाद गौतम प्रदेशसभामा समानुपातिकतर्फका सांसद हुन् । उनका दुई छोरा जागिरे छन् भने एक छोरा मुसीकोट नगरपालिका वडा नं. ५ का वडाध्यक्ष छन् । उनी आर्थिक अभावका कारण गुजारा गर्न नसक्ने व्यक्तिभित्र पर्दैनन् । उनीजस्तै देवी पुनको नाम पनि उक्त सूचीमा छ । उनी नेपाली कांग्रेसबाट त्रिवेणी गाउँपालिकाको उपाध्यक्ष उम्मेदवार थिइन् । मुसीकोट खलंगामा उनको ठूलो मेडिकल (निजी स्वास्थ्य संस्था) छ । त्यस्तै राजेन्द्र पुनको सिम्रुतु बजारमा भाँडा पसल छ । उनको नाम पनि उक्त सूचीमा समावेश छ।

‘सरकारी नीति उद्योगमैत्री भएन

प्रदेश १ का उद्योगी–व्यवसायीले सरकारी नीति र बर्तमान ऐन–कानुन उद्योगमैत्री नभएको गुनासो गरेका छन् । मुलुक संघीय संरचनामा गएकोले अब बन्ने प्रदेश सरकारले उद्योगको लागि लगानीमैत्री वतावरण बनाउनुपर्ने बताए ।

एक साताभित्र कांग्रेस सरकारबाट बाहिरिन्छ : निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संघीय संसदले पूर्णता पाएसंगै नेपाली कांग्रेस सरकारबाट बाहिरिने बताएका छन्। कांग्रेस नेता निधिले पार्टीका तर्फबाट समानुपातिकतर्फ निर्बाचित हुनेको सूची निर्बाचन आयोगमा पठाउने अन्तिम गृहकार्य गरिरहेको भन्दै नेता निधिले आगामी साता कांग्रेस सरकारबाट बाहिरिने बताए।

सरकार गठनको गृहकार्य सुरु

संसदीय दलको नेता चयनसँगै माओवादी केन्द्रले ६ नम्वर प्रदेशमा सरकार गठनको प्रक्रिया सुरु गरेको छ। माओवादी केन्द्रको संसदीय दलको नेतामा बिहीबार महेन्द्रबहादुर शाही चयन भएका थिए। ‘सरकार गठनका लागि गृहकार्य सुरु गरेका छौं’ ६ नम्वर प्रदेश इन्चार्ज एवम पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले भने, ‘सत्ता साझेदार नेकपा एमालेसँग सहकार्य गरेर मन्त्रालय बाँडफाँटको टुङ्गो लगाउँछौं।’

अबको १०/१२ दिनमै नयाँ सरकार: महरा

माओबादी नेता कृष्णबहादुर महराले देशमा अब केहि दिनमै बामपन्थीको बहुमतीय सरकार बन्ने बताएका छन् । आफ्नो गृह जिल्ला रोल्पा पुगेका महराले भने ‘अबको १०/१२ दिन भित्रमै ५ बर्षका लागि बामको नयाँ र स्थिर सरकार बन्नेछ।'

‘चर्च’ निर्माण गर्दै स्थानीय सरकार

धर्म अफिम हो भनेर दिनदिनै भाषण गर्ने माओवादी जनप्रतिनिधिका रुपमा विजयी भएको रोल्पाको माडी गाउँपालिकाले क्रिस्चियन धर्म प्रवद्र्धनका लागि बजेट विनियोजन गरेको तथ्य बाहिर आएको छ । रोल्पाका टोलटोलमा चर्च स्थापना गरेका इसाई धर्मावलम्बीका लागि स्थापना गरिएका ‘मन्डली भवन’ निर्माणका लागि गाउँसभाबाटै बजेट छुट्याइएको हो ।

सरकार गठनका ६ विकल्प

राष्ट्रियसभा निर्वाचनसँगै प्रमुख राजनीतिक दलहरुको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ । राष्ट्रियसभा निर्वाचन परिणामपछि मात्र प्रतनिधिसभातर्फको निर्वाचन परिणाम सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण चुनाव सम्पन्न भएको दुई महिनापछि नयाँ सरकार गठन प्रक्रिया सुरु हुन लागेको हो ।

सरकारले राज्यको ढुकुटी रित्यायोः नेता नेपाल

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले दुई पार्टी एकता सुनिश्चित गर्दै सरकार गठन गर्ने बताएका छन्।

सरकार बनाउन कुरो मिलेन

चुनावी तालमेल कायम राख्दै प्रदेश सरकार निर्माण गर्न छलफलमा जुटेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) बीच सहमति हुन सकेन।

नक्सा पासको प्रक्रिया अघि बढाउदै सरकारी कार्यालय

कानूनलाई मिच्दै नक्सा पास नै नगरी धमाधम सरकारी कार्यालयका भवन बनिरहेको सार्वजनिक भएपछि चर्को दबावमा परेका सरकारी कार्यालयले प्रक्रिया सुरु गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्