७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

नाका खुलेपछि भारतको बजार जोगबनीमा भीड

कोरोनाको महामारी फैलिएसँगै बन्द नाका खुलेपछि किनमेलका लागि नेपाल उपभोक्ताको जोगबनी बजारमा भीड लागेको हो।

साढे चार महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर

पशुपतिनाथाको मूल मन्दिर साढे चार महिनापछि आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुला गरिएको छ।नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। साढे चार महिनापछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ।

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन्।

साउनको अन्तिम सोमबार कोरोनाको बेवास्ता गर्दै पशुपतिमा भीड

काठमाडौंमा पनि खुकुलो निषेधाज्ञा जारी गरिएको छ। प्रशासनले भीडभाड नगर्न आग्रह गरिरहेको छ। तर, आज साउन महिनाको अन्तिम सोमबार कारेनाकाे बेवास्ता गर्दै पशुपतिनाथ लगायतका धर्मपीठहरूमा भक्तजनहरूकाे भीड लागेको छ।

कोरोना संकटको बेला भीडमा बसेर राहदानी लिन बाध्य नागरिक

सरकारले भौतिक दुरीको कुरा गरेपनि सेवा लिने बेलामा भिडको व्यवस्थापन समेत गर्न नसकेकोमा सेवाग्राहीको चर्को गुनासो छ। उनीहरुले काठमाडौंमै आएर राहदानी लिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न पनि सरकारसँग आग्रह गरेका छन्।

खोप लगाउनेहरुको भीड घटेन, खोपकेन्द्रबाटै कोभिड संक्रमणको जोखिम

अव्यवस्थित रुपले खोप कार्यक्रम सञ्चालन गरिदा खोपकेन्द्रबाटै कोभिड संक्रमणको जोखिम पनि बढेको छ। काठमाडौंमा विभिन्न खोप केन्द्रहरुबाट खोप निरन्तर लगाइएको छ, जहाँ लक्षित समुहका मानिसहरुको खोप लगाउन भीड लागेको छ।

नयाँ बसपार्कमा घर जाने यात्रुको भीड

जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो।

भीडभाड हुने गतिविधिमा रोक, अटेर गरे कारबाही गरिने

सुर्खेतमा कोरोना भाइरस संक्रमण दर बढ्दै गएपछि भीडभाड हुने गतिविधिमा रोक लगाएको छ ।

आन्तरिकले एबिसी क्षेत्रमा चहलपहल

अन्नपूर्ण आधार शिविर (एबिसी) कहलिएको पदमार्ग हो। कोरोनाका कारण लामो समयदेखि बन्द रहेको एबिसी क्षेत्रमा आन्तरिक पाहुना पुग्दा अचेल केही चमक देखिएको छ। आन्तरिक पाहुनाकै भरमा त्यहाँका होटल खुलेका छन् भने व्यवसायीले धेरथोर कमाइ गर्न पाएका छन्। नाफा कमाउनेभन्दा पनि व्यवसाय चलायमान बनाउने प्रयासमा रहेको व्यवसायीले बताएका छन्।

भीडभाड कम गर्न विद्यार्थीको रोल नम्बरमा जोरबिजोर प्रणाली

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन शुरु गराएको छ। कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको दफा ५ को ९क० ४ बमोजिम आइतबारदेखि पठनपाठन शुरु गराएको हो।

कोरोना परीक्षण गराउन आउनेको अत्यासलाग्दो भीड

संक्रमणको आशंकामा पिसिआर गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालमा पुग्नेहरूमा संक्रमण नभएकाहरू पनि संक्रमित बन्ने डर देखिएको छ।

‘भीडभाडमा जानुभयो कि ?’

लकडाउन खुलेपछि तपाईं भीडभाडमा जानुभयो कि ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको प्रश्न हो यो। सर्वसाधारणको दैनिकी सहज होस् भनेर लकडाउन खुलाइएपछि कोरोनाको जोखिम झनै बढेको उल्लेख गर्दै उनले थप सतर्क रहन आग्रह गरे।

फेवा किनारमा ‘फिसिङ’ भीडभाड

सिन्धुलीका बिमल तामाङ, ३५, लकडाउन अघि दैनिक ज्यालादारीमा काम गर्थे । घर बनाउने काममा व्यस्त हुने उनी त्यो बेला कामका लागि कहिले कता त कहिले कता दौडधुप गरिरहन्थे । कोरोना भाईरस महामारीसँगै उनीजस्ता धेरै युवाको काम खोसियो । भाइरस संक्रमणकै त्रासले गरिएको लकडाउनले त उनी आर्थिक हैसियतले झनै थलिए ।

भीडभाड हुने रौतहटका सरकारी कार्यालय बन्द

सेवाग्राहीको धेरै भीडभाड हुने जिल्लाका केही कार्यालयलाई जिल्ला प्रशासन कार्यालय रौतहटले बन्द गराएको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले एक सूचना जारी गरेर जिल्लाका विभिन्न सरकारी कार्यालय बन्द रहने जनाएका छन् ।

प्रहरी र लागुऔषध कारोबारीबीच भीडन्त,एकको मृत्यु

महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका –७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्