२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

साउनको अन्तिम सोमबार कोरोनाको बेवास्ता गर्दै पशुपतिमा भीड

देशभर कोरोना संक्रमित हुनेको संख्या बढीरहेको छ। त्यसैले देशका धेरै जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ । काठमाडौंमा पनि खुकुलो निषेधाज्ञा जारी गरिएको छ। प्रशासनले भीडभाड नगर्न आग्रह गरिरहेको छ। तर, आज साउन महिनाको अन्तिम सोमबार कारेनाकाे बेवास्ता गर्दै पशुपतिनाथ लगायतका धर्मपीठहरूमा  भक्तजनहरूकाे भीड लागेको छ। 

साउन महिनामा वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरु आफ्ना आराध्यदेव महादेवको पूजा अर्चना गर्दै महिना भर नै व्रत बस्ने गर्दछन्। विशेष गरेर साउनको सोमवार भगवान शिवका मन्दिरहरुमा व्रतालुहरुको भीड लाग्ने गर्दछ। सोमवार महिलाहरु महादेवको पूजा गर्दै मनोकामना पूर्तिका लागि उपवास बस्ने गर्दछन्। साउनको अन्तिम सोमवार पूजाआजा गरी महिलाहरु व्रत समापन गर्दछन्। 

सोमवार बिहानै पशुपतिनाथ मन्दिरमा पूजाआजका लागि पुगेकी अम्बिका (लुईंटेल) आचार्यले मन्दिर बाहिर दर्शनार्थीको भीड भएकाले सरकारले व्यवस्थित गरेर पूजा गर्न दिनुपर्ने बताईन्। पहिला सधैँभरी भित्र गएर पूजा गर्न दिएको तर यो वर्ष पूजागर्न नपाएकोले मन खिन्न भएको उनले बताए। मन्दिर भित्र जान नदिँदा बाहिर झनै भीड भएको र व्यवस्थित हुन नसकेको उनले गुनासो गरिन्।

उनले भनिन्, 'पहिला सधैँभरी भित्र जान पाइन्थ्यो, यो पालि भित्र जान दिइएको छैन, तर बाहिर पनि त्यत्तिकै भीड छ, भित्र जान खुलाएको भए हुन्थ्यो, भक्तजनहरु आउन पाउनुहुन्थ्यो, भित्र जान दिइएको भए स्पेस पनि बढ्थ्यो, मान्छेलाई कोरोनादेखि डरै लागिरा छैन जस्तो लागिराछ, नत्र हामी पनि यसरी आउँदैन थियाैं, कोरोना त वर्षौंसम्म चल्छ, सरकारले व्यवस्थित गरेर लाइनमा सामाजिक दूरी कायम गरेर भित्र जान दिएको भए हुन्थ्यो।'

त्यसैगरी पशुपतिनाथ दर्शनकाक लागि पगेकी साधुदेवी कुँवरले सधैँ आएको बानि बसेकोले मन्दिरमा दर्शन गर्न आएको बताईन्। उनले यस्तो बेला सकेसम्म घरमै बस्न राम्रो भएपनि मन्दिर आउने बानी परेकोले दर्शनका लागि आएको बताईन्।

कोरोना भाइरसका कारण सरकारले हिन्दू धर्मावलम्बीहरुका आराध्यदेव पशुपतिनाथको मन्दिरमा व्रतालुलाई प्रवेश गर्न दिइएको छैन। तथापि मन्दिरमा पुजारीहरुबाटक दैनिक पूजा भने भइरहेको छ। व्रतालु महिलाहरुले साउन महिनाभर हातमा मेहेन्दी, हरियो र पहेँले चुरा, पहेँलो र हरियो कपडा लगाएर व्रत बस्छन्।

कोरोनाको कारण यसवर्ष आराध्यदेव पशुपतिनाथको मन्दिर बन्द भएपनि मन्दिर परिसर बाहिर भक्तजनहरुको भीड लागेको छ। व्रतालुहरु मन्दिर परिसर बाहिर रहेका शिवलिङ्गहरुमा जल, फूल, अक्षता चढाएर पूजा गरिरहेको देख्न सकिन्छ।

प्रकाशित: ३२ श्रावण २०७८ ०६:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App