२७ पुस २०८१ शनिबार
image/svg+xml

तातोपानीका बाढीपीडितलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिँदै

चौतारा(सिन्धुपाल्चोक)– भोटेकोशी बाढीपछि घरवारविहिन भई ४ दिनदेखि आपतमा फसिरहेका तातोपानीका पीडितलाई शुक्रबार उद्दार गरी काठमाडौं लाने तयारी भइरहेको छ। बाढीले अरनिको राजमार्ग क्षतविक्षत बनाउँदा सडक यातायात सञ्चालन गर्न नसकिएपछि हेलिकोप्टरबाट उनीहरुलाई काठमाडौं लान लागिएको हो।

नेता पौडेल र जापानी राजदूतबीच भेटवार्ता

काठमाडौँ– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि जापानी राजदूत मासासी ओगवाबीच आज भेटवार्ता भएको छ। वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा भएको भेटका क्रममा संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माणलगायतका विषयमा छलफल भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए।

पानी तान्ने पम्पबाट करेन्ट लागेर युवकको मृत्यु

राजविराज– सप्तरीको मलेठ गाविसमा करेन्ट लागेर आज एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मलेठ गाविस–४ बस्ने वैद्यनाथ साहको १५ वर्षीय छोरा मनिष साह रहेको प्रहरीले जनाएको छ।

भाेटेकाेशीकाे बाढीले ताताेपानीका २० घर बगायाे, २०० घर जाेखिममा

चौतारा– चीनको सीमा नदी भएर बहने सिन्धुपाल्चोकको भोटेकोसी नदीमा गएराति आएको बाढीले तातोपानी गाविसको २० वटा पक्की घर बगाउनुको साथै २०० घर उच्च जोखिममा रहेका छन्। तातोपानी गाविसको १० किलोको लार्चादेखि लिपिङसम्म करिब २०० घर नदी कटानले गर्दा उच्च जोखिममा रहेको सीमा प्रहरी कार्यालय लार्चाका प्रहरी निरीक्षक खुमलाल भुसालले बताए।

अर्बौंको योजना ‘बालुवामा पानी’

गर्भावस्थादेखि बच्चा दुई वर्ष नपुगुन्जेल हजार दिनसम्म गर्भवती आमा तथा शिशुलाई पूर्ण स्वस्थ राख्ने उद्देश्यले मुलुकका १५ जिल्लामा सञ्चालित ‘सुनौलो हजार दिन’ कार्यक्रम प्रभावहीन छ।

टेलिकम टावरमा समस्याः घाम लाग्दा नेटवर्क अाउँछ, पानी पर्दा जान्छ

डोटी– यहाँको ग्रामीण क्षेत्रमा पर्ने लानाकेदारेश्वर गाविसस्थित अत्तरकाँडामा रहेको नेपाल टेलिकमको टावरमा बारम्बार खराबी आएको छ। विसं २०६५ तिर स्थापित टेलिकमको स्काई फोनको टावरमा तीन महिनायतादेखि समस्या आइरहेको लानाकेदारेश्वर गाविस दुधिलाका शिक्षक रामबहादुर बोहराले बताए।

रियोको पानीमा सुपर ब्याक्टेरिया भेटियो

राजिलका वैज्ञानिकको एक समूहले आफूहरुले रियो दि जेनेरीयोको समुन्द्र तटका किनारामा रहेको पानीमा सुपर ब्याक्टेरिया फेला पारेको बताएका छन्। अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार ओलम्पिक खेल सुरु हुनु ठिक एक महिना पहिले वैज्ञानिकले औषधि प्रतिरोधी किटाणु फेला पारेको बताएका हुन्।

राप्तीमा पानीको सतह बढ्यो, प्रभावित क्षेत्रमा उच्च सर्तकता

नेपालगन्ज-पहाडी क्षेत्रमा परेको अविरल बर्षाले राप्ती नदीमा पानीको सतह ह्वात्तै बढेको छ। राप्तीको बाढीबाट हुने सम्भावित जनधनको क्षति कम गर्न प्रहरी, प्रशासनले आसपासका गाउँमा उच्च सर्तकता अपनाउन अनुरोध गरेको छ।

जापानी नागरिकदेखि सरकारका पूर्व उपसचिवसम्म पक्राउ

भूकम्पपीडितलाई क्यानडा, अमेरिका, जापान पठाइदने प्रलोभोन देखाएर ठगी गरेका तीन वटा घटना एक महिनाभित्रै देखिएका छन्। ठगहरुले अमेरिका, क्यानडा तथा जापान पठाइदिने भनेर मोटो रकम असुलेर ठगी गरेको अनुसन्धानबाट खुलेको छ।

गुगलको अमेरिका र जापानलाई जोड्ने पानीभित्र केवल जडान

गुगल तथा अन्य ६ कम्पनिले अमेरिका र जापानलाई केवलको माध्यमबाट जोड्ने कार्य सम्पन्न भएको छ । पानी भित्र केवल जडान गरिएको उक्त ट्रान्स प्यासेफिक तार करिब ३०० मिलियन डलरको लागतमा निर्माण गरिएको हो।

अब नेपालकै उच्चमाविमा जापानी भाषा पढाइने

काठमाडौं– पछिल्लो समयमा जापानमा अध्ययन र रोजगारीका लागि जापानी भाषा अध्ययन गर्नेहरुको संख्या बढिरहेका बेला काठमाडौंकै एक उच्चमाविले कक्षा ११ र १२ मा जापानी भाषालाई ऐच्छिक विषयको रुपमा अध्यापन सुरु गर्ने भएको छ।

सप्तकोसी नदीमा पानीको बहाव उच्च, खतराको संकेत राताे बत्ती बालियो

लगातार परेको अविल बर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ। बुधबार बिहान कोसी ब्यारेजमा पानीका बहाव एक लाख ७८ हजार ९ सय क्यूसेक पुगेको छ । हरेक घण्टैपिच्छे पानीको बहाव बढ्दै गएको छ। पानीको बहाव बढेसँगै ५६ वटा ढोकामध्ये २७ वटा ढोका खुल्ला गरिएको छ ।

सप्तकोसीमा पानीको बहाव उच्च, ५६ मध्ये २१ ढाेका खुला

पूर्वमा गएरातिदेखि परेको अविरल बर्षाका कारण मंगलबार बिहानैदेखि सप्तकोसी नदीमा पानीको बहाव बढ्दो छ। मंगलबार बिहान कोसी ब्यारेजमा पानीका बहाव एक लाख २६ हजार २३० क्युसेक पुगेको छ। हरेक घण्टैपिच्छे पानीको बहाव बढ्दो छ।

राकेशलाई कसले देला खाना-पानी!

गरिब परिवारमा जन्मेवापत् उनले टोल–समाजका अन्य बालबच्चाजस्तो स्वतन्त्रता पाउन सकेनन्। विद्यालय जान पाउनु त धेरै परको कुरा, उनले आफैंलाई चिन्न नपाउँदै पेट पाल्नकै लागि श्रम बेच्न बाध्य हुनुपर्‍यो।

खोला धमिलियो, खानेपानी हाहाकार

झापाका विभिन्न ग्रामीण इलाकामा खानेपानी समस्या भयावह बन्दैछ। मनसुन सुरु भएर खोलानाला धमिलिन थालेपछि त धेरै ठाउँमा खानेपानीको हाहाकार नै हुने गरेको छ। सरकारले २०६२ सालमै पानीको राष्ट्रिय गुणस्तर मापदण्ड कायम गरेर २०७२ सालमा पानी वितरण गर्ने संस्थाले सुरक्षित पानी वितरण गर्नुपर्ने नीति अघि सारेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्