२८ पुस २०८१ आइतबार
image/svg+xml

खोला धमिलियो, खानेपानी हाहाकार

झापाका विभिन्न ग्रामीण इलाकामा खानेपानी समस्या भयावह बन्दैछ। मनसुन सुरु भएर खोलानाला धमिलिन थालेपछि त धेरै ठाउँमा खानेपानीको हाहाकार नै हुने गरेको छ। सरकारले २०६२ सालमै पानीको राष्ट्रिय गुणस्तर मापदण्ड कायम गरेर २०७२ सालमा पानी वितरण गर्ने संस्थाले सुरक्षित पानी वितरण गर्नुपर्ने नीति अघि सारेको थियो।

दूध बेचेर पानी किन्दै

सुन्दा अचम्म लाग्न सक्छ, दूध बेच्दै पानी किन्दै भन्दा। मदनपोखरा छापका स्थानीय कृषकले भने दैनिक दूध बिक्री गरेर पानी खरिद गर्ने रहर नभइ बाध्यता बनेको छ।

एक वर्षभित्रमा इटहरीमा चौविसै घण्टा खानेपानी

इटहरीमा खानेपानीको संकट गहिरिँदै गएकोमा थप योजनाको काम पूरा गरी एक वर्षभित्रमा चौबिसै घण्टा वितरण गरिने भएको छ। १२ करोडभन्दा बढीको लागतमा थप योजनाको काम युद्धस्तरमा भइरहेकाले वर्षभित्रमा एक करोड ६० लाख लिटर दैनिक पानी वितरण गरेर २४ सै घण्टा वितरण गर्न लागिएको हो।

सेन्सर प्रविधिमा मेलम्ची पानी

काठमाडौं- अब ठूलो चाबी बोकेर भल्बमा पानी खोल्ने र बन्द गर्नुपर्ने छैन। न त ठाउँ–ठाउँमा पानी चुहिएर खेर जानेछ। भल्ब खोल्न र बन्द गर्न होस् वा कुन जडानमा पानी चुहिएको छ भन्ने कोठामै बसेर थाहा हुनेछ।

पानी पर्दा रातभर जागै

धनकुटा- पानी पर्न थालेपछि महाभारत–२ डडुवा टोलीका पूर्णप्रसाद राईको निद्रा पर्दैन। २०७२ वैशाख १२ मा गएको भुइँचालो र त्यसपछि पटक–पटक गएको अनुकम्पले तर्सिएका राईलाई घरमुनि गइरहने पहिरोले मन पिरोल्छ। हिउँद–बर्खा पहिरो जाने भएकाले कतिबेला मरिने हो भन्ने त्रास भएकाले रातभर जागै बस्नुपरेको राईले सुनाए।

जापान पठाउने भन्दै ठगी गरेको आरोपमा जापानी नागरिक पक्राउ

काठमाडौं- भूकम्प पीडितहरुलाई जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा चाँडै सकिने सम्भावना बढेको हो।

तातो पानी पिउनुका फाइदा

थकान महसुस भएको छ भने तातो पानीले नुहाउँदा थकान हट्छ। लुतो वा छालासम्बन्धी अन्य समस्या भएका व्यक्तिले तातो पानीले नुहाउनु उपयुक्त हुन्छ।

असिना पानीले अन्नवालीमा क्षति

ताप्लेजुङ–सोमबार साँझ परेको असिना पानीले ताप्लेजुुङका आधा दर्जन बढी क्षेत्रको अन्नवाली र फलफूलमा क्षति पुर्याएको छ।

जहाँ माग्दा पानीधरि पाइँदैन

भात–तरकारी पकाउन, लुगा धुन, बस्तुभाउलाई खुवाउन दिनमा ८ गाग्रीसम्म पानी चाहिन्छ उनीहरूलाई। धारामा पानी थाप्न पालो कुरिरहेकी चुलाचुली–७ की राजकुमारी हिम्बाङले भनिन्, 'कहिलेकाहीँ त घन्टौंसम्म पालो पर्खिनुपर्छ। पानी थाप्दै एक जनाको दिन बित्छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्